करको त्रास कायमै हुँदा २ प्रतिशतले घट्यो सूचक, ४६ करोडको कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 03:42:04 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से सूचक आज २५.६८ अंकले घटेर १२५७.०७ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६६ कम्पनीका १४ लाख ४१ हजार २ सय ७७ कित्ता शेयर खरिद बिक्रि बाट ४६ करोड ८५ लाख ६० हजार ३ सय ४९ रुपैयाँको कारोबार भएको छ । 

आज मेगा बैंकको सबै भन्दा धेरै २ करोड ७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल इन्भेस्टमेन्ट बैंक, शंग्रिला डेभलपमेन्ट संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक लगायत रहेका छन् । 

आज समता माइक्रोफाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३.९६ प्रतिशतले बढेको छ । त्यस्तै नागबेली लघुवित्तका लगानीकर्ताले सर्बाधिक ७.६६ प्रतिशत गुमाएका छन् । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये इन्स्योरेन्स समूह सर्बाधिक १ सय ७४ अंकले घटेको छ । 

सरकारले बुधबार लाभकर गणना सम्बन्धि नयाँ ब्यबस्था तत्कालको स्थगन गरेपछि बुधबार बजारमा सुधार आएको थियो । तर प्रस्ताव फिर्ता नभई स्थगन मात्र भएकोले लगानीकर्तामा अझै त्यसको त्रास बाँकी नै रहेको आंकलन गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved