साताभर १६ अंकले घट्यो सूचक, १९ प्रतिशतले घट्यो कारोबार रकम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 08, 2018 | 01:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २०६६२ कारोबारबाट एक अर्ब ६८ करोड ४५ लाख छ हजार रुपैयाँ बराबरका ४० लाख २६ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९.३० प्रतिशत कम हो । गत साता १८३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३५४८ कारोबारबाट दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरका ४७ लाख ४४ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.८८ अंकले घटेर अन्तिम दिन १२५७.०७ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.७३ अंकले 

घटेर २६४.४६ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (सात करोड २७ लाख ८० हजार रुपैयाँ) को आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख सात हजार कित्ता) र कारोबार संख्या (१३९२ वटा) को आधारमा पनि मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved