नेपाल इन्स्योरेन्सले १ लाख ६१ हजार कित्ता शेयर लिलाम गर्दै, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 10, 2018 | 10:12:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रदमा अवितरित शेयर  १ लाख ६१ कित्ता लिलाम गर्नको लागि सुचना सार्बजनिक गरेको छ । कम्पनीले आगामी असार ३ गतेदेखि १ लाख ६१ हजार १२४ कित्ता शेयर लिलामी गर्ने भएको हो । 

कम्पनीले गत बैशाख ५ देखि जेठ ८ गतेसम्म शत प्रतिशत हकप्रद निष्कासन गर्दा बिक्रि नाबह्येका शेयर लिलाम गर्न लागेको हो ।लिलाम गरिने शेयर मध्ये संस्थापकतर्फको २ हजार १७७ र सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद छन् । इच्छुक बोलकबोलदाताले असार ३ देखि १० गते सम्म शिलवन्दी बोलपत्र पेश गर्न कम्पनीको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

बोलकबोलदाताले प्रति कित्ता मूल्य न्यूनतम १००  रुपैयाँ भन्दा कम नहुने गरी  साधारणतर्फको शेयरका लागि कम्तिमा १ सय कित्ता र संस्थापकतर्फ कम्तिमा १ हजार कित्ताको आवेदन दिनुपर्ने छ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल र शाखाहरु, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बीरगञ्ज र गोल्छाचोक विराटनगर बाट आवेदन दिन सक्ने छन्। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिने  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved