नेप्सेमा सुधार, सिभिल बैंकको सर्बाधिक शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 11, 2018 | 04:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से बढेको छ। आज सूचक ९.५५ अंकले बढेर १२४१.१९ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १७० कम्पनीका ११ लाख ८७ हजार १ सय ५२ कित्ता शेयर खरिद बिक्रिबाट ४४ करोड ३ लाख १५ हजार १ सय २५ रुपैयाँको कारोबार भएको छ  

आज कारोबारमा आएका ट्रेडिङ , विकास बैंक र फाइनान्स समुह बाहेक सबै समुहगत सूचक बढेका छन्  ।

यस दिन नबिल बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै ३ करोड ८५ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा सिभिल बैंक, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन्  ।

आज उन्नति माइक्रोफाइनान्सको शेयर मूल्य सर्बाधिक ९.९६ प्रतिशत बढेको छ भने नेपाल हाइड्रोको शेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ  । त्यस्तै यस दिन एभरेस्ट बैंकको कन्भर्टिबल प्रिफरेन्स शेयर मूल्य सर्बाधिक ९.२१ प्रतिशत घटेको छ  । 

यस दिन सिभिल बैंकको १ लाख १५ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्रि भएको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved