Announcement IPO Result Cricket Worldcup



शिब धिताल/बिजपाटी     Jun 11, 2018 | 04:49:04 PM



shivam cement

स्टक ब्रोकर एशोशियन अफ नेपालले नेपालमा ब्रोकरले लिदै आएको ब्रोकर कमिशन सार्क राष्ट्र कै महँगो नभएको दाबी गरेका छ। नेपाल धितोपत्र बोर्डले सोमबार आयोजना गरेको आगामी आथिक बर्षको लागि नीति तथा कार्यक्रम निर्माणको लागि सुझाव तथा छलफल कार्यक्रममा ब्रोकर एशोसियसनका महासचिव सन्तोष मैनालीले यस्तो दाबी गरेका हुन्  

मैनालीले अध्ययन गरेर मात्र ब्रोकर कमिशनबारे बोल्न लगानीकर्तालाई आग्रह गरेका हुन्  । उनले नेपालको ब्रोकर कमिशन सार्क मुलुक मै महँगो नभएको बरु तेस्री सस्तो रहेको दाबी गरे गरे  ।उनले भने 'नेपालको ब्रोकर कमिशन सार्क मुलुक मध्ये तेस्रो सस्तो तथा पाचौ महँगो हो'  । 

यस अघि सोहि कार्यक्रममा नेपाल इन्भेस्टर फोरमका महासचिव छोटेलाल रौनियारले ब्रोकर कमिशन धेरै भएको भन्दै त्यसलाई घटाउनको लागि नेपाल धितोपत्र बोर्डले कदम चाल्नु पर्ने बताएका थिए  । रौनियार लगायत अन्य लगानीकर्तालाई जवाफ दिदै महासचिव मैनालीले महँगो नभएको जिकिर गरेका हुन्  ।

बोर्डले पुंजीबजारका सम्पूर्ण सरोकारहरुलाई बोलाएर आगामी आर्थिक बर्षको लागि निर्माण गर्न लागेको नीति तथा कार्यक्रममा समाबेश गर्नु पर्ने बिषयमा सुझाव माग गरेको हो  । नीति तथा कार्यक्रम असार भित्रै आउने बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले जानकारी दिए  । 

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital












Close in 7