नेप्सेमा सुचिकृत सबै कम्पनीको रेटिंङ त्रैमासिक रुपमा हुनु पर्ने ब्यबस्था गराउन सुझाव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 11, 2018 | 08:26:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा सुचिकृत कम्पनीहरुको रेटिंङ त्रैमासिक रुपमा गराउने ब्यबस्था लागु गर्न सरोकारवालाहरुले नेपाल धितोपत्र बोर्ड समक्ष आग्रह गरेका छन्  नेपाल धितोपत्र बोर्डले सोमबार आयोजना गरेको आगामी आथिक बर्षको लागि नीति तथा कार्यक्रम निर्माणको लागि सुझाव तथा छलफल कार्यक्रममा रेटिंङ कम्पनीहरुले यस्तो माग गरेका हुन् 


कार्यक्रममा कम्पनीहरुको क्रेडिट रेटिंङ गर्दै आएको इक्रा नेपालका वित्तीय विश्लेषक किशोर बिमलीले हाल कम्पनीले आईपिओ र हकप्रद निष्काशन गर्दा मात्र रेटिंङ गराउदै आएकोमा अब नियमित रुपमा रेटिंङ हुनु पर्ने ब्यबस्था गर्न माग गरे । साथै उनले लाइभ रेटिंङको ब्यबस्था गर्न सके मात्र लगानीकर्ताले लगानी गर्नु अगाडी कम्पनीको उचित मुल्यांकन गर्न सक्ने बताए  

 

रेटिंङ गराउंदा हाल कम्पनीले आफ्नो डाटा नै नदिने लगायतका बिभिन्न समस्या आएको जानकारी गराउदै उनले यसको लागि छुट्टै नीतिगत स्पष्टता गर्न माग गरे । अहिले रेटिंङ प्रणालीमा एकरुपता नभएको कारणले लगानीकर्ताले दुई कम्पनीको रिपोर्ट बीच तुलनात्मक विश्लेषण गर्न नसकेको जानकारी गराउदै  उनले नीतिगत व्यवस्था गरेर यो समस्या समधान गर्न बोर्ड समक्ष आग्रह गरे  

 

त्यस्तै   रेटिंङ गराउदै आएको अर्को कम्पनी केयर नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयालले पनि त्रैमासिक रुपमा कम्पनीको रेटिंङ गराउने ब्यबस्था गर्न सुझाव दिए

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved