कुमारी बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2018 | 08:27:12 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेडको हकप्रद भर्ने आज जेठ ३१ गते अन्तिम दिन रहेको छ । बैंकले बैशाख २८ गतेदेखि   १० बराबर २ कित्ता अर्थात २० प्रतिशतका दरले हकप्रद बिक्रि गरेको हो ।  बैंकले  प्रति कित्ता एक सय रुपैयाँका दरले १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद बिक्रि गरेको हो । 

 बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ बैशाख १० गते  बुक क्लोज गर्ने निर्णय गरेकाले बैशाख ९ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयर भर्न पाउने छन ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले  एनआइबिएल एस क्यापिटलको कार्यालयहरु लाजिम्पाट काठमाडौँ, लाल दरबार काठमाडौँ, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर बिरगंज, गोल्छाचोक बिराटनगरबाट हकप्रद आवेदन लिन र बुझाउन सक्ने छन्  । त्यस्तै कुमारी बैंकको सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरोशेयर बाट अनलाइन मार्फत पनि हकप्रद भर्ने सकिने छ  ।

बैंकले  काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली र काँक्रेविहार विकास बैंकलाई एक्वायर गरेर गत असार १२ गतेदेखि एकीकृत कारोबार गरेको छ। एकीकृत कारोबार पश्चात चुक्ता पुंजी ५ अर्ब ९६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले हकप्रदको सहारा लिएको हो।  बैंकले एकीकृत कारोबार पश्चात कायम चुक्ता पुंजीबाट २० प्रतिशत अर्थात एक अर्ब उन्नाइस करोड बराबरको हकप्रद निष्काशन गर्न लागेको हो।

हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब १५ करोड पुग्ने छ। बाँकी अपुग पुंजी बैंकले बोनस मार्फत पुर्याउने देखिएको छ। बैंकले गत आर्थिक बर्ष ७० करोड ३ लाख खुद मुनाफा गरेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट बितरण गर्ने लाभांश घोषणा गर्न बाँकी नै छ। ८ अर्ब चुक्ता पुंजी पुर्याउन बैंकले कम्तिमा पनि १२ प्रतिशत बोनस शेयर दिनुपर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved