Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि/बिजपाटी     Jun 14, 2018 | 07:17:18 AM



ruslan ruslan

कामना सेवा विकास बैंकले गत आर्थिक बर्षको कमाईमा लाभांश घोषणा गरेको छ। बैंकको जेठ ३० गते बसेको २४९ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १२ प्रतिशत लाभांश प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

बैंकले ५।५० प्रतिशत बोनस शेयर तथा ६।५० प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

१५ प्रतिशत हकप्रद तथा लाभांश वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ५ करोडबाट २ अर्ब ५० करोड पुग्नेछ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २२ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको छ।   


Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali










Close in 7