एनएमबि बैंकको एफपीओमा पौने दुई अर्बको आबेदन, संस्थागत लगानीकर्ताका लागि पनि आवेदन खुला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 06:07:40 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको थप सार्वजनिक निष्काशन (एफपिओ) मा आइतबार बेलुकासम्म पौने २ अर्ब रुपैयाँ बराबरको आबेदन परेको छ। आइतबार बेलुका साढे पाँच बजेसम्म ५१ हजार ६०० आवेदकबाट १ अर्ब ७३ करोड रुपैयाँ बराबरको आबेदन परेको बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ। 

विक्री प्रवन्धक नागरिक लगानी कोषका इन्भेष्टमेन्ट म्यानेजर रोशनजंग कार्कीका अनुसार आइतबार बेलुका साढे ५ बजेसम्म ५१ हजार ६०० आवेदकबाट १ अर्ब ७३ करोड करोड रुपैयाँ बराबरको आबेदन परेको छ। 'तथाङ्क संकलनको क्रम जारी रहेकाले माथिको तथ्याङ्क अन्तिम होइन, यो तथांक अझैं बढी हुन सक्छ' कार्कीले बिजपाटीलाई भने। 

आइतबारसम्म बैंकको एफईओमा पुरै शेयरको माग नभएकाले सोमबार अर्थात आजदेखि संस्थागत लगानीकर्ताका लागि समेत एफपीओमा आबेदन खुला भएको छ। संस्थागत लगानीकर्ताका लागि पनि एफपीओ मा आबेदन खुला भएकाले अबको केहि दिनमा पुरै एफपीओ बिक्रि हुने कार्कीको बिश्वास छ।

सर्वसाधारणमा आइपीओमा जस्तै जति आबेदन दिए पनि १० कित्ता नै पर्ने धारणा रहेकाले अधिकांश लगानीकर्ताले १० कित्ता सेयर माग गरेको कोषले जानकारी दिएको छ। एफपीओ मा धेरैले १० कित्ता माग गरेकले अपेक्षित विक्री हुन नसकेको कोषको भनाई छ।   

बैंकले जेठ ३० गतेदेखि छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिने गरी सर्बसाधारणको लागि शेयर निष्काशन गरेको थियो। पुरै एफपीओको लागि माग नभएकाले कोषले सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत एफपिओमा आवेदन खुला भएको हो।

बैंकले  एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गरेको हो ।  बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको छ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन दिन सक्नेगरि कोषले एफपीओ बिक्रि खुला गरेको हो। अब एफपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ, तर त्यस भन्दा अगाडी नै एफपिओ बिक्रि भएमा कोषले सूचना जारि गरि आवेदन बन्द भएको घोषणा गर्नसक्नेछ।  

लगानीकर्ताले  सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्ने छन्  । त्यस्तै मेरो शेयरमार्फत अनलाइनबाट समेत आवेदन दिन सकिने छ । 

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ। एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्नेछ भने बैंकमा शेयर स्वामित्व हाल कायम संस्थापक ६० र साधारण शेयर स्वामित्व ५१ र ४९ प्रतिशत हुनेछ। 

एफपिओ बिक्रिबाट बैंकले प्रिमियम वापत २ अर्ब ६५ करोड रुपैयाँ जम्मा गर्ने छ । हाल कायम भएको जगेडा कोषमा प्रिमियमबाट उठेको रकम थप गरी बोनस दिएर बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ। यसको लागि बैंकले करिब ६ प्रतिशत बोनस शेयर दिनु पर्ने छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved