प्रभु बैंकले असार ११ देखि २२ लाख कित्ता बढी शेयर लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 12:58:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले असार ११ गतेदेखि हकप्रदमा अवितरित २२ लाख ३१ हजार २६५ कित्ता शेयर लिलाम गर्ने भएको छ  । बैंकले  संस्थापक समुह तर्फको १५ लाख ६० हजार २०३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलाम गर्ने भएको हो ।

बैंकले माघ ७ देखि फागुन २३ गतेसम्म  १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले हकप्रद निष्काशन गरेको थियो ।  

शेयर लिलामी प्रक्रियाको लागि  प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक बोलकबोलदाताले प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल, शाखा कार्यालयहरु आदर्शनगर बिरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोड पोखरा, बिरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, गोदावरी रोड धनगढी, हल्लाचोक बाग्लुङ्ग र कावासोती नवलपरासीबाट शिलबन्दी बोलपत्र आवेदन गर्न सकिने छ ।

असार ११ देखि १८ गतेसम्म लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गर्न सकिने क्यापिटलले जनाएको छ । आवेदन दिंदा लगानीकर्ताले प्रति कित्ता न्यूनतम एक सय रुपैयाँमा न्युनतम सय कित्ताको लागि आवेदन पेश गर्नु पर्ने छ  । संस्थापक सेयरका लागि न्यूनतम एक हजार कित्ता कबुल गर्नु पर्ने छ । 

  हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved