'आफ्नो कमजोरी लुकाउन नेप्सेले अन्तिम समयमा पूर्वाधार निर्माणको कुरा उठायो'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 19, 2018 | 04:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक बर्षदेखि नै शेयरबजारमा अनलाइन ट्रेडिङ प्रणाली लागू गर्ने कुरा अझैं पछाडी धकेलिने आशंका बढेको छ। नेप्सेले शेयर ब्रोकरलाई  पूर्वाधार निर्माण गर्न निर्देशन दिएसंगै समयमै अनलाइन कारोबार आउनेमा शंका बढेको हो।

नेप्सेले अनलाइन कारोबार प्रणालीका लागि पूर्वाधार निर्माण गर्नुपर्ने भन्दै गत बुधबार शेयर ब्रोकरहरुलाई पत्राचार गरेको छ । नेप्सेले एक महिनामा चुक्ता पुँजी बरावरको लगानी गरी पूवार्धार तयार गर्न भनेपछि शेयर ब्रोकरहरु अन्यौलमा देखिन्छन। केहि ब्रोकरले पनि नेप्सेको निर्देशनप्रति असन्तुष्टि पोखेका छन। 

शेयर ब्रोकरहरुले आफुलाई दिईएको एक महिनाको समय भित्रै पूर्वाधार निर्माण गर्ननसक्ने धारणा व्यक्त गरेका छन। पूर्वाधार निर्माण गर्न करिब २ करोडको लागत अनुमान गरिएको छ।  

१९ करोडको अनलाइन ट्रेडिङ प्रणाली निर्माण गर्न ३ बर्ष भन्दा बढी समय लगाएको नेप्सेले आफुहरुलाई दिएको समय अत्यन्त कम भएको शेयर ब्रोकरहरुको भनाई छ। 'हार्डवेयर र सफ्टवेयर त जसो तसो किनौला तर नेप्सेको मापदण्ड पुग्नेगरी यो प्रणाली चलाउने म्यानपावर एक महिना भित्रै कहाँबाट खोज्ने ? एक शेयर ब्रोकरले बिजपाटीलाई बताएका छन।

'चुक्ता पुंजीकै हाराहारीको लागतमा पूर्वाधार निर्माण गर्नु चानचुने कुरा होइन, त्यसमाथि पनि एक महिनाको मात्र समय दिइएको छ' ती ब्रोकरले असन्तुष्टि पोख्दै भने, '३ बर्षदेखि अनलाइन प्रणाली बनाउदै आएको नेप्सेलाई ब्रोकरलाई यस्तो पूर्वाधार चाहिन्छ भन्ने पहिल्यै नै थाहा थियो होला, तर अहिले अन्तिम समयमा निर्देशन दिइएको छ।'

नेप्सेकै कारण अनलाइन कारोबार प्रणाली ढिला हुने भए पनि ब्रोकरहरुलाई दोष देखाउन एकैपटक ठूलो बोझ थपिदिन खोजेको एक ब्रोकरले आरोप लगाए। 'आफुहरुले काम गर्न नसक्ने अनि ब्रोकरकै कारण लागू भएन भन्नका लागि पनि अन्तिम समयमा पूर्वाधार निर्माणको किचलो निकाल्ने काम भएको हो' ती ब्रोकरले बताए।  

नेप्सेले नयाँ आर्थिक बर्षदेखि अनलाइन कारोबार प्रणालीमा जाने दाबि गर्दै आएको छ। तर शेयर ब्रोकरले अबको केहि दिन भित्र पूर्वाधार निर्माण गर्न नसक्ने हो भने लगानीकर्ताले अनलाइन कारोबार सुविधा नपाउने निश्चित छ। 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले शेयर ब्रोकरहरुले पूर्वाधार निर्माण गर्नुको बिकल्प नरहेको बताए। नयाँ आर्थिक बर्षदेखि अनलाइन कारोबार लागू गर्नका लागि पनि ब्रोकरहरुले पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ। 'शेयर ब्रोकरले पूर्वाधार निर्माण नगर्दा सम्म लगानीकर्ताले अनलाइन मार्फत कारोबार गर्ने सुविधा पाउन सक्दैन्न' उनले भने। 

नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदले अनलाइन कारोबार प्रणाली सम्बन्धमा सम्पूर्ण काम भैसकेको हुँदा नयाँ आर्थिक वर्षदेखि सो सेवा आरम्भ हुने दाबि गर्दै आएका छन। ब्रोकरहरुले समयमै पूर्वाधार निर्माण गर्न नसकेको अवस्थामा अहिलेसम्म नेप्सेले खेप्दै आएको आरोप ब्रोकरमा सर्ने देखिन्छ।नेप्से र वाईकोबीच २०७४ बैशाख ६ गते १४ महिनाभित्र प्रणाली हस्तान्तरण गर्नेगरि सम्झौता भएको हो।   


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved