आइएमई लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपिओ आउदै, सिभिल क्यापिटल बिक्रि प्रबन्धकमा नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2018 | 07:20:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको साधारण शेयर आईपिओको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले रु. १००।– अंकित दरका ६०,००,००० (साठी लाख) कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। 

कम्पनीले सिभिल क्यापिटल मार्केट लि. लाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्पmबाट निमित्त महाप्रबन्धक  दिनेश अमात्य र सिभिल क्यापिटल मार्केट लि. का तर्पmका निमित्त कार्यकारी प्रमुख  सुमन आचार्यले हस्ताक्षर गरेका छन ।

हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्व ४० करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी रु. २ अर्व कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ । कम्पनीले २०७४ भाद्र ०१ गते देखि कारोवार शुरु गरी हालसम्म मुलुकभर ५० शाखा उपशाखा मार्पmत वीमा सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved