एनएमबि बैंकको एफपीओमा आबेदनको अधिकतम सिमा संसोधन, संस्थागत लगानीकर्ताले कति गरे आवेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 20, 2018 | 10:18:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले बिक्रि खुला गरेको फर्दर पब्लिक अफरिंङ (एफपीओ) मा आबेदन दिन पाउने अधिकतम सिमा संसोधन गरेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरि सार्वजनिक निष्काशनमा रहेको अधिकतम सिमा हटाउने निर्णय गरेसंगै एनएमबि बैंकले यस अघिको अधिकतम सिमा संसोधन गरेको हो। 

बैंकले एफपीओमा आबेदन दिन पाउने कित्ताको सिमा ५७ हजार ७० बाट बढाएर ५० लाख पुर्याएको हो। यससंगै बैंकको एफपीओ किन्न इच्छुकले अधिकतम १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको ५० लाख कित्तासम्म आबेदन दिन पाउनेछन। न्युनतम १० कित्ताका लागि आबेदन दिन पाउनेछन। 

बैंकले जेठ ३० गतेदेखि बिक्रि खुला गरेको एफपीओमा मंगलबार बेलुकासम्म ५५००० आवेदकबाट २ अर्ब ५ करोड रुपैयाँ बराबरको आबेदन परेको विक्री प्रवन्धक नागरिक लगानी कोषका इन्भेष्टमेन्ट म्यानेजर रोशनजंग कार्कीले बिजपाटीलाई बताए। उनका अनुसार सर्वसाधारण तर्फ ५५००० आबेदन परेपनि संस्थागतबाट मात्रै ३५ वटा आबेदन परेको छ।

बैंकले जेठ ३० गतेदेखि छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिने गरी सर्बसाधारणको लागि शेयर निष्काशन गरेको थियो। पुरै एफपीओको लागि माग नभएकाले कोषले सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत एफपिओमा आवेदन खुला गरेको हो।  धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका संसोधन भएसंगै एनएमबि बैंकको एफपीओं समयमै बिक्रि हुने अपेक्षा गरिएको छ। 

अब एफपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ, तर त्यस भन्दा अगाडी नै एफपिओ बिक्रि भएमा कोषले सूचना जारि गरि आवेदन बन्द भएको घोषणा गर्नसक्नेछ।  

लगानीकर्ताले  सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्ने छन्। त्यस्तै मेरो शेयरमार्फत अनलाइनबाट समेत आवेदन दिन सकिने छ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गरेको हो ।  बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको छ।   

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ। एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्नेछ भने बैंकमा शेयर स्वामित्व हाल कायम संस्थापक ६० र साधारण शेयर स्वामित्व ५१ र ४९ प्रतिशत हुनेछ। 

एफपिओ बिक्रिबाट बैंकले प्रिमियम वापत २ अर्ब ६५ करोड रुपैयाँ जम्मा गर्ने छ । हाल कायम भएको जगेडा कोषमा प्रिमियमबाट उठेको रकम थप गरी बोनस दिएर बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ। यसको लागि बैंकले करिब ६ प्रतिशत बोनस शेयर दिनु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved