सिभिल बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 20, 2018 | 12:14:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।  बैंकको जेठ २१ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १०.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  राष्ट्र बैंकलाई मंगलबार उक्त लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।

अब बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण हुनेछ । बैंकले  ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि तीन करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।  

 हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख ९३ लाख रुपैयाँ रहेकोमा प्रस्तावित बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ पुग्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved