प्रोग्रेशिभ फाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 21, 2018 | 04:42:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार कम्पनीलाई  २.८१ अनुपातमा २८१ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । 

अब फाइनान्सले  ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

 फाइनान्सको गत जेठ २ गते सम्पन्न विशेष साधारणसभाले २८१ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी  ८० करोड १० लाख रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved