शिवम सिमेन्टले पायो आईपिओ निष्काशनको अनुमति, स्थानीय र सर्वसाधारणलाई छुट्टाछुट्टै मूल्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 21, 2018 | 06:02:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शिवम सिमेन्ट लिमिटेडलाई आईपिओ निष्काशनको अनुमति दिएको छ  ।  कम्पनीले चैत्र ६ गते बोर्डमा आवेदन दिएकोमा बोर्डले आज बिहिबार अनुमति दिएको हो  ।   कम्पनीको माघ २१ गते बसेको विशेष साधारणसभाले आईपिओ निष्काशन प्रस्ताव पारित गरेको थियो  ।

अब कम्पनीले प्रिमियम मुल्यमा ५२ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्ने छ ।  जस मध्ये ४४ लाख कित्ता सर्वसाधारणलाई रहेको छ बाँकि ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई रहेको छ । कम्पनीले स्थानीय र सर्वसाधारण छुट्टा छुट्टै दर कायम गरेको छ  ।  स्थानीयलाई प्रति कित्ता ३०० मा शेयर बिक्रि गर्ने छ भने सर्वसाधारणलाई प्रति कित्ता ४०० मा शेयर बिक्रि गर्ने छ  ।

धितोपत्र बोर्डका पबकता निरंजय घिमिरेले यो दुवै कम्पनीले प्रस्ताव गरको मूल्य रहेको र कम्पनीले यस्तो गर्न सक्ने ब्यबस्था गरेको जानकारी दिए  ।

कम्पनीको माघ ३ मा बसेको संचालक समितिको बैठकले हालको जारि पुंजी ४ अर्ब ३० करोडलाई बढाएर बनाइने ४ अर्ब ३० करोड चुक्ता पुंजीबाट हुन आउने १२ प्रतिशतले हुन आउने सेयर प्रिमियम मुल्यमा जारि गर्ने निर्णय गरेको थियो।  कम्पनीले शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रलाई पुंजीबजारमा भित्र्याउन १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेको छ। बोर्डले उक्त निर्णय पश्चात शिवम सिमेन्ट,अर्घाखाँची सिमेन्ट लगायतका सिमेन्ट तथा अन्य कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाएका थिए ।   सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी बन्न लागको शिवम सिमेन्ट को उद्योग मकवानपुरको हेटौडामा रहेको छ। चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी रहेको यस उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved