अनलाइन ट्रेडिङ सुचारु गर्न नेप्सेले सार्बजनिक गर्यो तालिका, २१ गते सर्भर मार्फत नयाँ प्रणाली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 22, 2018 | 09:33:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले अनलाइन ट्रेडिङ सफलतापुर्वक कार्यन्वयनमा ल्याउनको लागि भन्दै समय तालिका सार्बजनिक गरेको छ  । नेप्सेले पुर्व निर्धारित समय तालिका अनुसार निर्माता कम्पनी वाईको प्रालिबाट आवश्यक सम्पूर्ण मोड्युलहरु एकिकृत रुपमा तयार भएको जानकारी गराउदै समय तालिका सार्बजनिक गरेको हो  

नेप्सेले साउन १ गतेबाट समानान्तर कारोबार थालनी गर्ने जानकारी सहित समय तालिका सार्बजनिक गरेको छ  । 

तालिका अनुसार असार १७ गते टिएमएस, एनओटीएस, आरएमएस, र सर्वेलियन्स मोड्युलको संयोजन गर्ने उल्लेख छ  । त्यस्तै असार १९ गते सदस्य दलाल समक्ष प्रस्तुतीकरण गर्ने,  २० गते लगानीकर्ता संघका प्रतिनिधि समक्ष प्रस्तुति गर्ने र २१ गते नेप्से सर्भर मार्फत नयाँ प्रणाली संचालन गर्ने नेप्सेले जनाएको छ  ।

साउन १ गतेदेखि पूर्ण परिक्षण कारोबार तथा युजर एसेप्टेन्स  टेस्ट आरम्भ हुने समेत नेप्सेले प्रष्ट पारेको छ  ।

हेर्नुस नेप्सेले सार्बजनिक गरेको तालिका ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved