नाडेप लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता आइपीओ भर्न उचित ? बृस्तृत जानकारी सहित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 24, 2018 | 12:08:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा साधारण शेयर (आइपीओ) जारि गरेको छ। लघुवित्तले प्रति कित्ता १०० रुपैयाँका दरले ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्रिमा ल्याएको हो। 

लघुवित्तले बिक्रिमा ल्याएको कुल ४ करोड ८० हजार कित्ता आइपीओ मध्ये ४ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र २४ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। 

बाँकि ४ लाख ३२ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन। आबेदन दिंदा सर्वसाधारणले न्युनतम २० कित्ता र अधिकतम २४०० सय कित्ताको लागि आवेदन दिन सक्ने छन्। छिटोमा असार १३ गतेसम्म र त्यस अवधि भित्र पर्याप्त आवेदन नपरेमा साउन ७ गतेसम्म आवेदन दिन सक्ने छन्। लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।  

इच्छुक लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आबेदन दिन सक्नेछन। साथै सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट समेत आवेदन गर्न सक्नेछन। 

लघुवित्तबारे:

नाडेप लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको लघुवित्त हो। २०७२ जेठ १ देखि संचालनमा आएको यस लघुवित्तले धादिङको गजुरीमा मुख्य कार्यालय राखी ६२ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। विभिन्न ३३ जिल्लामा लघुवित्त सेवा दिने अनुमति लिएको यस लघुवित्तको संचालक तथा आधारभुत शेयरधनिहरुमा नबिल बैंक, लुम्बिनी बिकास बैंक र डिप्रोक्स नेपाल छन। उनीहरुको यस लघुवित्तमा क्रमश: ४ - ४ र १ लाख ६० हजार कित्ताको शेयर स्वामित्व छ। 

लघुवित्तको वित्तीय अवस्था:

आइपीओ बिक्रि तथा वितरण पश्चात लघुवित्तको शेयर स्वामित्व संस्थापक र साधारण क्रमश ७० र ३० प्रतिशत हुनेछ भने चुक्ता पुंजी ११ करोड २० लाखबाट १६ करोड पुग्नेछ। 

कति कित्ताको लागि आबेदन ?

पुंजीवृद्धि योजना अनुसार लघुवित्तले आर्थिक बर्ष २०७४-७५ मा चुक्ता पुंजी २४ करोड पुर्याउने लक्ष्य लिएको छ। आइपीओ बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १६ करोड पुग्नेछ। यस अर्थमा पनि लघुवित्तले लक्ष्य अनुसारको चुक्ता पुंजी वृद्धि गर्न ५० प्रतिशत पुंजी थप गर्नुपर्नेहुन्छ। सम्भवत: लघुवित्तले ५० प्रतिशत बोनस सेयर बाँडेर चुक्ता पुंजी २४ करोड पुर्याउनेछ। यद्दपी यसबारे लघुवित्तले कुनै औपचारिक सूचना जारि गरेको छैन। 

बिगतको ट्रेन्डलाई हेर्ने हो भने पनि लघुवित्तको आइपीओंमा पहिलो दिनमा नै माग भन्दा बढी आबेदन परेको देखिन्छ। लगानीकर्ताले न्युनतम २० कित्ताका लागि आबेदन दिन सक्ने व्यवस्था भएकाले नाड़ेपको आइपीओमा समेत उल्लेख्य आबेदन पर्ने अनुमान गर्न सकिन्छ। माग भन्दा बढी आबेदन परेको अवस्थामा गोलाप्रथा प्रणालीमा सबैलाई १० कित्ता बाँडफाँड हुने भएकाले लघुवित्तको आइपीओमा २० कित्ताका लागि आबेदन दिनुनै उचित देखिन्छ।  




 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved