धितोपत्र बोर्डबाट बिड इन्भेष्टको लाइसेन्स खारेज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 24, 2018 | 03:57:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बिड इन्भेष्ट लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ। बिड इन्भेष्टमेन्टले तोकिएको समयमा नवीकरण नगरेकाले उसको अनुमतिपत्र खारेज गरिएको बोर्डले जनाएको छ।

धितोपत्रसम्बन्धि ऐनको दफा ६१ बमोजिम प्रत्येक आर्थिक बर्ष समाप्त भएको तीन महिनाभित्रमा दर्ता भएका कम्पनी नवीकरण गर्नुपर्ने व्यवस्था छ। सो म्यादभित्र बार्षिक शुल्क बुझाई नबिकरण गर्न नसकेमा म्याद समाप्त भएको तीन महिनासम्म बार्षिक शुल्कको पच्चीस प्रतिशत जरिवाना तिरी अनुमतिपत्र नबिकरण गराउन सकिने व्यवस्था छ।

तर अर्थशास्त्री सुजिब शाक्यल तथा कुमार केशब बिष्ट लगायतका व्यक्ति संचालक रहेको यस मर्चेन्ट बैंकले अन्तिम समयसम्म पनि नबिकरण नगरेकाले अनुमतिपत्र खारेज भएको हो। यो अवधिमा पनि नवीकरण नभए त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने धितोपत्र व्यवसायीको अनुमतिपत्र बोर्डले खारेज गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ।

कृष्ण गल्ली, ललितपुर ठेगाना उल्लेख भएको बिड इन्भेष्टमेन्टले लगानी व्यवस्थापकको कार्य गर्न अनुमति लिएको म्याद समेत धितोपत्र बोर्डको वेबसाइटमा खुलाइएको छैन। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved