चौतारी लघुवित्तले आइपीओ जारि गर्ने, धितोपत्र बोर्डमा दियो आबेदन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 25, 2018 | 11:14:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आबेदन दिनेको भिडमा चौतारी लघुवित्त वित्तीय संस्था पनि थपिएको छ। लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ५ लाख ४० हजार कित्ता आइपीओ बिक्रिको अनुमति माग्दै धितोपत्र बोर्डमा आबेदन दिएको हो।

चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ। लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।  

बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

२०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो। लघुवित्तले ३४ शाखा कार्यालय मार्फत २२ हजार ९०८ जना विपन्न वर्गका महिलालाई समूहमा आबद्व गराएर सेवा प्रदान गर्दे आइरहेको छ । 

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बचत संकलन गरि ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह गरेको छ। यसबाट लघुवित्तले ६५ लाख ४२ हजार खुद नाफा गरेको छ ।   



  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved