सूर्या लाइफले ४० प्रतिशत हकप्रद बाँडफाँड नगरी किन गर्यो ७० प्रतिशत हकप्रद बेच्ने प्रस्ताब ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 25, 2018 | 12:31:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले फेरी ७० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। हालै मात्र ४० प्रतिशत हकप्रद बिक्रि गरि बाँडफाँडको प्रकृयामा रहेको सूर्या लाईफले चुक्ता पुंजी वृद्धि गर्नका लागि पुन: ७० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब गरेको हो। 

सूर्या लाइफले ४० प्रतिशत हकप्रदले पाउने गरि घोषणा गरेको १२ प्रतिशत बोनस पछी कायम चुक्ता पुंजी १ अर्ब १३ करोडबाट पुन: ७० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो। 

कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछी ७० प्रतिशत हकप्रद बिक्रि प्रकृया अगाडी बढ्नेछ। ७० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब ९२ करोड पुग्नेछ। कम्पनीले बिमा समितिले तोकेको चुक्ता पुंजी २ अर्ब पुर्याउनका लागि ८ करोड पुंजी थप गर्नुपर्ने हुन्छ। 

नेप्सेमा सुचिकृत कुनै पनि संस्थाले हकप्रद शेयर निष्काशन गरि सुचिकृत गरेको १८० दिन पुरा नभएसम्म अर्को हकप्रद कल गर्न नपाइने कानुनि प्राबधान छ। यद्दपी नियामकले चुक्ता पुंजी बढाउँन निर्देशन दिएको अवस्थामा भने उक्त व्यवस्था लागू नहुने कानुनि व्यवस्था छ।    

कम्पनीले यस असार ३२ का लागी बार्षिक साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनार्थ सूर्या लाइफले असार १७ देखि असार २३ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १६ सम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बार्षिक साधारणसभामा भाग लिन पाउनेछन। 

४० प्रतिशत हकप्रदले समेत पाउने गरी सूर्या लाइफले गर्यो लाभांश घोषणा


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved