अपर तामाकोशीले अहिलेसम्म कै ठुलो आईपिओ जारी गर्दै, असार २४ गतेबाट शेयर निष्काशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 26, 2018 | 09:04:27 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा दोलखा स्थिति आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रति साधारण शेयर १०० अंकित दरका २ करोड ६४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेकोमा स्थानीयको १ करोड ५ लाख ९० हजार कित्ता शेयर छुट्याइएको छ । 

नेपालको पुंजीबजारमा आउँन लागेको यो नै (शेयर संख्या र रकमको हिसाबले)  सबै भन्दा ठुलो आईपिओ हो  । 

स्थानीयहरुले न्युनतम ३० कित्ता र अधिकतम ३ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयको लागि आवेदन दिनको लागि असार २४ गतेदेखि साउन ९ गतेसमको म्याद तोकिएको छ । आईपिओको लागि नागरिक लगानी कोष र सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् । 

स्थानीयको लागि शेयर निष्काशन गरेर बाँडफांड गरे लगत्तै सूचना निकालेर सर्बसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । सर्वसाधारणको लागि १०० अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर छुट्याइएको छ । सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

इक्रा नेपालले आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ ।  इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडीङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलीयो आधारहरु जनाउछ भने ग्रेड ५ ले कम्जोर आधारहरु जनाउँछ। ग्रेड २,३,४ मा प्रयोग गरिने प्लस (+) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थिलाई जनाउंछ। 

कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाटको परियोजनामा कम प्रतिफल क्षमत रहेको, नाकाबन्दी, भूकम्प जस्ता कारणले निर्माणमा ढिलाई हुँदा लागत बढ्नु, निर्माणको लागि लागि लिएको ठुलो मात्राको ऋण चुक्ता हुन् समय लाग्ने कारणले गर्द औसत भन्दा कमजोर  रेटिंङ् पाएको कम्पनीले जनाएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाकाे पूर्व स्वीकृत लागत ३५ अर्ब  भएपनि बढेर ४९ अर्ब पुगेको छ । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ । 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved