अनलाइन ट्रेडिङको प्रणाली परिक्षण गर्न २ भारतीय कम्पनीले दिए आवेदन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 26, 2018 | 11:18:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले निर्माण गरेको अनलाइन कारोबार प्रणालीको परिक्षण गर्न परामर्शदाता बन्नका लागि दुई भारतीय कम्पनीले  आबेदन दिएका छन। वाइकोले तयार गरेको अनलाइनको परिक्षण, समस्या पहिचान र प्रमाणीकरण गर्ने कम्पनी छनौट गर्न नेप्सेले असार १० गतेसम्मको समयअवधि दिएको थियो। 

'युजर एसिस्टेन्ट टेस्ट (युएटि) का लागि दुई भारतीय कम्पनीबाट आबेदन प्राप्त भएको छ' नेप्सेको प्राविधिक शाखा प्रमुख निरन्जन नायकले भने, 'यी कम्पनीले मापदण्ड पुरा गरे नगरेको अध्ययन गरी यी मध्ये कुनै एक कम्पनीले युएटि को जिम्मेवारी पाउनेछन।' 

भारतको क्यापी ट्रयाक र एटिएच इन्फर्मेसन टेक्नोलोजी सर्भिस नाम गरेका दुई कम्पनी मध्ये कुनै एकले वाईले निर्माण गरेको अनलाइन कारोबार प्रणालीको परिक्षण गर्नेछन। 

एक साता भित्र यी कम्पनीहरुबारे अध्ययन गरी मापदण्ड पुरा गरेको कुनै एक कम्पनीलाई नेप्सेले युएटिको जिम्मेवारी दिने छ। यी कम्पनीसंग काम गर्ने सम्झौता भएको १५ दिन भित्र कम्पनीले योजना नेप्सेसमक्ष योजना पेश गर्नुपर्ने हुन्छ। र काम थालेको एक महिनाभित्र युएटि को काम सम्पन्न गर्नुपर्ने हुन्छ। 

नेप्सेले इन्टरनेट बेस पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (अनलाइन ट्रेडिङ) लाई प्रयोगकर्ताले संचालन गर्न सक्ने अवस्थामा पुर्याउनका लागि मे २५ मा परामर्शदाता नियुक्त गर्नका लागि शिल्बन्धि बोलपत्र सम्बन्धि सुचना जारि गरेको थियो।  

अनलाइन ट्रेडिङ प्रणाली तयार भएपनि त्यसको परिक्षण, समस्या पहिचान लगायतका प्राविधिक तथा केहि नीतिगत बिषयका कारणले समयमै अनलाइन प्रणाली कार्यन्वयन आउनेमा आशंका गरिएको छ। यद्दपी साउनदेखि पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली कार्यन्वयन गराउने नेप्सेको दाबि छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved