बाँडफाँड नीतिले एनएमबिको एफपीओ बिक्रिमा सकस, आबेदनलाई अन्तिम दिन पर्खदै संस्थागत लगानीकर्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 26, 2018 | 02:46:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको फर्दर पब्लिक अफरिंङ (एफपीओ) मा संस्थागत लगानीकर्ताले चाँसो दिएपनि आबेदन दिन भने हिच्किचाएका छन। संस्थागत लगानीकर्तालाई निष्काशन खुला गरिएको आठौँ दिनसम्म संस्थागत लगानीकर्ताबाट करिब ६२ करोड रुपैयाँ बराबरको आबेदन पर्नुले पनि उनीहरुले आबेदन दिन हिच्किचाएको पुष्टि हुन्छ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषका इन्भेष्टमेन्ट म्यानेजर रोशनजंग कार्कीले बिजपाटीलाई दिएको जानकारी अनुसार एफपीओमा असार ११ गते सोमबारसम्म ६१ हजार ३०० लगानीकर्ताबाट २ अर्ब ४२ करोडको आबेदन परेको छ। 

एनएमबि बैंकले निष्काशन गरेको ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको  १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्रिमा देखिएको सकस प्राथमिक बजारको लागि शुभ नभएको विश्लेषण गर्न थालिएको छ। 

बैंकको एफपीओ बिकाउनैका लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरि सार्वजनिक निष्काशनमा रहेको अधिकतम सिमा हटाउने निर्णय गरेको थियो। तर धितोपत्र बोर्डको उक्त कदमले समेत एनएमबि बैकको एफपीओ बिक्रि हुन सकेको छैन। 

धितोपत्र बोर्डको पुरानो व्यवस्थालाई संसोधन गरेलगत्तै बैंकले एफपीओमा आबेदन दिन पाउने कित्ताको सिमा ५७ हजार ७० बाट बढाएर ५० लाख पुर्याएको थियो। तर त्यति हुँदापनि संस्थागत लगानीकर्ताले अपेक्षित आबेदन दिएका छैनन। 

संस्थागत लगानीकर्ताबाट अपेक्षित आबेदन नआउनुमा धितोपत्र बोर्डको १० कित्ते नीति नै प्रमुख कारक रहेको शेयर विश्लेषकहरुको भनाई छ। प्रति कित्ता ३३३ रुपैयाँका दरले न्युनतम १० कित्ताका लागि आबेदन दिने र लाखौँ रुपैयाँको हजारौं कित्ताका लागि आबेदन दिनेलाई उस्तै बाँडफाँड नीति भएकैले एनएमबि बैंकको एफपीओ बिक्रिमा सकस भएको उनीहरुको भनाई छ। 

'यहाँ १० कित्ताका लागि आबेदन दिने र १ लाख कित्ताका लागि आबेदन भर्नेलाई समान बाँडफाँड नीति छ, त्यसैले पनि समयमै एफपीओ बिक्रि नभएको हो, अहिले आबेदन दिएर करोडौं रुपैयाँ फसाउन भन्दा अन्तिम दिन आबेदन दिएर केहि ब्याज बचाउने हो, जस्तो नीति छ, त्यस्तै रणनीति हुनुपर्यो' एक म्युचुअल फण्डका अधिकारीले भने। संस्थागत लगानीकर्ताका अधिकारिहरुका भनाई अनुसार अन्तिम मितिसम्म एनएमबि बैंकको एफपीओं बिक्रि हुने देखिन्छ।   

बैंकले जेठ ३० गतेदेखि छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिने गरी सर्बसाधारणको लागि शेयर निष्काशन गरेको थियो। एफपीओ बिक्रि नभएपछी सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत एफपिओमा आवेदन खुला गरिएको हो। एफपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ।

एफपीओ किन्न इच्छुकले अधिकतम १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको ५० लाख कित्तासम्म आबेदन दिन पाउनेछन। न्युनतम १० कित्ताका लागि आबेदन दिन पाउनेछन।    बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गरेको हो ।  बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको छ। 

लगानीकर्ताले  सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्ने छन्। त्यस्तै मेरो शेयरमार्फत अनलाइनबाट समेत आवेदन दिन सकिने छ।असार २८ गतेसम्म बिक्रि नभएमा प्रत्याभूत गर्ने कम्पनीहरु नागरिक लगानी कोष, ग्लोबल आईएमई क्यापिटल, एनआईबिएल क्यापिटल, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, प्रभु क्यापिटल, आरबीबी मर्चेन्ट बैंकिङले बैंकको एफपीओ किन्नु पर्ने हुन्छ।   

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ। एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्नेछ भने बैंकमा शेयर स्वामित्व हाल कायम संस्थापक ६० र साधारण शेयर स्वामित्व ५१ र ४९ प्रतिशत हुनेछ। 

एफपिओ बिक्रिबाट बैंकले प्रिमियम वापत २ अर्ब ६५ करोड रुपैयाँ जम्मा गर्ने छ । हाल कायम भएको जगेडा कोषमा प्रिमियमबाट उठेको रकम थप गरी बोनस दिएर बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ। यसको लागि बैंकले करिब ६ प्रतिशत बोनस शेयर दिनु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved