लगानीकर्ताको मनोबल बढाउने 'बुटी' बन्न सकेन नियामकको भाषण. १२०० तल ओर्लियो नेप्से

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 26, 2018 | 06:43:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारलाई सकारात्मक प्रभाब पार्ने समाचार आईरहंदा समेत लगानीकर्ताको मनोबल बढ्न सकेको छैन। पछिल्लो एक महिनामा बजार परिसूचक नेप्से र कारोबार रकममा आएको गिरावटले पनि लगानीकर्ताको मनोबल खस्किदै गएको पुष्टि हुन्छ। 

नेपाल राष्ट्र बैंकले शेयरबजारलाई सकारात्मक प्रभाब पार्ने गरि मौद्रिक ल्याउने तयारिमा छ भने नेप्सेले समेत साउन १ देखि अनलाइन कारोबार प्रणाली लागू गर्दैछ। यद्दपी यी कुनै पनि सकारात्मक बिषयले लगानीकर्ताको मनोबल बढाउन सकेको छैन। 

दोस्रो बजारमा माग र आपूर्तिबीचको सन्तुलन भत्किदा शेयरबजारमा निरन्तर गिरावट आएको विश्लेषण गरिएको छ। शेयरबजारको सुधारका लागि जति सुकै राम्रा कुरा गरीएपनि दोस्रो बजारमा आपूर्ति व्यवस्थापन गर्ने कुनै टुल्स नहुँदा शेयरबजारमा निरन्तर गिरावट आएको शेयर पण्डितहरुको भनाई छ। 

नीतिगत विषयहरुको अन्यौलता र बढ्दो क्रममा रहेको शेयर आपूर्ति शेयरबजार गिरावटको कारण भएको उनीहरुको विश्लेषण छ। एक महिनामा बजारले १४१.५५ अंक गुमाएको छ। गत जेठ १४ गते १३३६.३५ अंकको बिन्दुमा रहेको नेप्से असार १२ गते मंगलबार ११९४.८० बिन्दुमा ओर्लिएको छ।

असार मसान्त नजिकिदै गर्दा लोन सेटलमेन्ट र ब्याज रकमको जोहो गर्नुपर्ने कारणले समेत सेयर आपूर्ति बढाएको छ भने विभिन्न कम्पनीका हकप्रद र प्राथमिक बजारमा आइपीओ र एफपीओले समेत शेयर आपूर्ति बढाएको छ। जसको प्रत्यक्ष प्रभाब दोस्रो बजारमा परेको छ। 

मंगलबार मात्रै बजार परिसूचक नेप्से १२०० को बिन्दुबाट तल ओर्लिएको छ। गत बर्ष जुन २७ २०१७ मा १५६५ को बिन्दुमा रहेको नेप्से आज जुन २६ २०१८ मा आइपुग्दा ११९४.८० को बिन्दुमा आइपुगेको छ। यो एक बर्षको अवधिमा नेप्से ३७१ अंकले घटेको छ। 

लगानीकर्तालाई अत्ताउने गरि बेला बेला आउने सम्पति शुद्दिकरण, लाभकर जस्ता बिषयहरुको उचित व्यवस्थापन नहुँदा सम्म लगानीकर्तामा मनोबल बढ्ने सम्भावना न्यून रहेको देखिन्छ। घट्दो ब्याजदर, अनलाइन मार्फत सेयर काराेबार र चाैथाे त्रैमासिक प्रतिवेदनको पुर्वसन्ध्यामामा समेत लगानीकर्ताले शेयर खरिद बढाउन नसक्नुलाई सरकारको भाषणलाई लगानीकर्ताले पत्त्याउन छाडेको पुष्टि हुन्छ। 

शेयरबजारको नियामक धितोपत्र बोर्ड र फ्रन्ट लाइनमा रहेर काम गर्ने नेप्सेले व्यवहारमा नै शेयरबजार सुधार गर्न र लगानीकर्ताको मनोबल बढाउन बेलैमा कुनै कदम नचाल्ने हो भने शेयरबजारमा देखिएको गिरावट रोकिनेमा आशंका छ।   


   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved