माउन्टेन हाइड्रोले असार २२ गतेदेखि आईपिओ निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 27, 2018 | 12:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले असार २२ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावीत स्थानीयबासीका लागि आईपिओ निष्कासन गर्न लागेको हो । अब कम्पनीले स्थानीयको लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्ने छ ।

कुल १२ लाख ५० हजार कित्ता मध्ये ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि र ५ लाख कित्ता पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाइ छुट्टाइएको छ ।

लगानीकर्ताले न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved