सूचकमा सामान्य सुधार आएपनि बढेन कारोबार रकम, मेगा बैंकको सर्बाधिक शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 27, 2018 | 04:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ४.६२ अंकले बढेर ११९९.४२ को बिन्दुमा पुगेर रोकिएको छ ।  आज कारोबारमा आएका १ सय ५७ कम्पनीका ५ लाख ८३ हजार ७ सय ३२ कित्ता शेयर खरिद बिक्रिबाट १७ करोड ३० लाख ७७ हजार ६ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

आज नेको इन्स्योरेन्सको सबै भन्दा धेरै ९२ लाख ८० हजार बराबरको कारोबार भएको छ ।  अन्य धेरिया कारोबार हुनेमा मेगा बैंक, प्राइम कमर्शियल, एभरेष्ट बैंक, बुटवल पावर कम्पनी लगायत रहेका छन् ।

आज करोब्रमा आएका हाइड्रो, इन्स्योरेन्स र उत्पादन बाहेकका सबै समुहगत सूचक बढेका छन् ।

यस दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ५.३१ प्रतिशत कमाएका छन् ।  त्यस्तै रैराङ हाइड्रोपावरको शेयर मूल्य सर्बाधिक ९.७६ प्रतिशतले घटेको छ ।  

आज मेगा बैंकको सर्बाधिक ५२ हजर ३ सय ८१ कित्ता शेयर किनबेच भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved