घलेम्दी हाइड्रोले असार २२ गतेदेखि आईपिओ निष्काशन गर्ने, ३ बर्षसम्म बेच्न बन्देज

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 09:41:39 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रो लिमिटेडले  स्थानीय बासिन्दाको लागि असार २२ गतेदेखि साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ  । कम्पनीले  म्याग्दीको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्न लागेको हो । 

स्थानीयहरुए न्यूनतम ५० कित्ता र अधिकतम २७ सय ५० कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि छिटोमा साउन ४ गते र ढिलोमा साउन २० गतेसम्मको समय तोकिएको छ । यी शेयरहरु बाँडफांड भएको ३ बर्षसम्म बिक्रि गर्न पाइने छैन । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत आईपिओ निष्कासन गर्न अनुमति दिएको हो । शेयर निष्काशनको लागि कम्पनीले भिवोर क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।स्थानीयलाई शेयर जारी गरीसकेपछि कम्पनीले सर्वसाधारणको लागि शेयर जारी गर्नेछ ।

कम्पनीले म्याग्दीमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved