नेपाल बैंकको एफपिओ बिक्रि खुला, न्युनतम ५० किताको लागि आवेदन दिनु पर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 07:50:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले आज असार १५ गतेदेखि एफपिओ निष्काशन गर्दै छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई गत शुक्रबार एफपिओ निष्काशनको अनुमति दिएको थियो ।

बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको थियो । बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा  १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गर्न लागेको हो  । 

लगानीकर्ताले छिटोमा असार १९ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १३ गतेसम्म आवेदन गर्न सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र तथा १० ले भाग जाने गरी विद्यमान कानुनी ब्यबस्थाको सिमा भित्र रहने गरी अधिकतम निष्काशन गरिने सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  साथै निष्काशन खुला गरिएको पहिलो दिन देखि नै संगठित संस्थाले समेत आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन बाट वा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो  । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।  हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  ।

 एफपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved