नेशनल लाइफ इन्स्योरेन्सले साउन १ देखि हकप्रद बिक्रि गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 08:58:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्सले साउन १ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  । धितोपत्र बोर्डले जेठ ४ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

अब नेशनल लाइफ इन्स्योरेन्सले ६० प्रतिशतका दरले ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५० कित्ता हकप्रद जारी गर्ने छ । लगानीकर्ताले साउन १ गतेदेखि भदौ ४ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन्  । हकप्रद निष्काशनको लागि एनईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । असार २१ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।

कम्पनीको साउन २७ मा बसेको २९ औं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर पश्चात कायम चुक्ता पुंजीबाट ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरेको थियो ।  ६० प्रतिशत हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पुंजी २ अर्ब ६४ करोड पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved