कुमारी बैंकले ११ लाख कित्ता बढी शेयर लिलाम गर्ने, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 11:56:08 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले असार २२ गतेदेखि हकप्रदमा वितरित ११ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । बैंकले संस्थापक तर्फको ५ लाख १ हजार ९ सय २१ दशमलव ६९ कित्ता र सर्वसाधारणतर्फको ६ लाख ३९ हजार ४ सय ५२ दशमलव ८१ कित्ता गरी कुल ११ लाख ४१ हजार ३ सय ७४ दशमलव ५० कित्ता शेयर लिलाम गर्ने भएको हो ।

कम्पनीले २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दा उल्लेखित शेयर बिक्रि नभएका हुन् । ति शेयर बैंकले असार २२ देखि २९ गतेसम्म लिलाम गर्ने भएको हो । शेयर लिलामी प्रक्रियाको लागि एनईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

इच्छुक बोलकबोलदाताले क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार, र लगननखेल तथा कुमारी बैंक दरबारमार्ग, नेपालगञ्ज, सुर्खेत, धनगढी,बीरगञ्ज, विराटनगर बुटवल र पोखरा शाखाबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थापकतर्फ बोलपत्र पेश गर्दा न्युनतम प्रति कित्ता मूल्य १ सय भन्दा कम नहुने गरी १ हजार कित्ताका लागि पेश गर्नु पर्ने छ भने साधारण सेयरका लागि १०० कित्ता वा सो भन्दा बढी १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम कित्ताका लागि आवेदन दिन सकिने छ ।

 हकप्रद निष्काशनपछि बैंकको क्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved