प्रत्याभूतकर्ताकै भरमा नेपाल बैंकको एफपीओ, बिपिसीको घाटा सम्झेर लगानीकर्ताले देखाएनन रुचि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 30, 2018 | 02:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बजार मूल्यकै हाराहारीमा थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गरेको नेपाल बैंकको एफपीओमा लगानीकर्ताले चाँसो दिएका छैनन। एफपीओमा पहिलो दिनमा परेको आबेदनबाट पनि लगानीकर्ताले नेपाल बैंकको एफपीओमा रुची नदेखाएको पुष्टि हुन्छ। 

असार १५ देखि जारि भएको बैंकको एफपीओमा पहिलो दिनमा १२९८ आवेदकबाट मात्र ३ करोड ५१ करोडको आबेदन परेको छ। ३ अर्ब ८० करोडको एफपीओ जारि भएकोमा पहिलो दिनमा नै यति थोरै आबेदन पर्नुले बैंकको एफपीओ बिक्रिमा पनि बुटवल पावर र एनएमबैंककै जस्तै हालत हुने देखिएको छ।

बैंकको एफपीओ बिकाउनैका लागि नियामक नेपाल धितोपत्र बोर्डले धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरि सार्वजनिक निष्काशनमा रहेको अधिकतम सिमा हटाउने निर्णय गरेको थियो। तर पहिलो दिनको आबेदन हेर्दा संगठित संस्थाले समेत चाँसो नदिएको पुष्टि हुन्छ।  

वियरिस ट्रेण्डमा रहेको शेयर बजारमा नेपाल बैंकको एफपीओ बाँडफाँड हुँदासम्म अहिलेको मुल्य अझै सस्तिने विश्लेषण गरिएको छ। बैंकले प्रति कित्ता २८० रुपैयाँमा एफपीओ बिक्रि खुला गरेको छ। यो मुल्य असार १५ गतेको दोस्रो बजारको शेयर मुल्यको तुलनामा मात्र १३ रुपैयाँले धेरै हो। 

दोस्रो बजारमा बियरिस ट्रेन्ड कायम रहेमा बैंकको एफपीओ बाँडफाँड नहुँदै एफपीओ खरिदकर्ताहरु नोक्सानीमा जाने देखिन्छ। बुटवल पावरको एफपीओ किन्नेहरुले खाएको घाटा सम्झेर पनि यसपालि धेरै लगानीकर्ताले नेपाल बैंकको एफपीओमा रुची नदेखाएका हुन। 

बजार मुल्य ६०० रुपैयाँ हुँदा ५१० रुपैयाँमा एफपीओ जारि गरेको बुटवल पावरको एफपीओ किन्नेहरु अहिलेपनि नोक्सानीमा रहेका छन। बाँडफाँडपछि कम्पनीको बजार मूल्य ४३४ रुपैयाँसम्म तल झरेको थियो। प्रत्याभूत गर्ने कम्पनीहरुले बुटवल पावरको २८ प्रतिशत एफपीओ किन्नु परेको थियो।  

एनएमबि बैंकको एफपीओ बिक्रि हुन नसकेको अवस्थामा नेपाल बैंकले यस्तो जोखिम किन मोल्यो भन्नेहरु पनि धेरै छन। तर बिभिन्न कम्पनीहरुले प्रत्याभूत गरेकै कारण नेपाल बैंकले बजार बियरिस ट्रेन्डमा रहंदा बजार मुल्य भन्दा केहि बढी मुल्यमा एफपीओ बिक्रि गर्ने जोखिम मोलेको देखिन्छ। प्रत्याभूत गर्ने कम्पनीहरुमा ग्लोबल आइएमई क्यापिटल, एनआईबिएल क्यापिटल, सिभिल क्यापिटल, सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेका छन।   


प्रत्याभूत गर्ने कम्पनीहरुका कारण नेपाल बैंकको एफपीओ त बिक्रि होला तर दोस्रो बजारकै मुल्यमा एफपीओ किन्नेहरु लगानीकर्ताको नोक्सानी भरपाई हुनेमा भने आशंका छ। बजारको यहि गति रहेको अवस्थामा अबको केहि दिनमा दोस्रो बजारबाटै एफपीओ मुल्य भन्दा सस्तोमा किन्ने अवसर पाइने अपेक्षाले समेत लगानीकर्ताले नेपाल बैंकको एफपीओमा रुची नदेखाएको विश्लेषण गरिएको छ।  

बैंकले असार १५ देखि १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गरेको हो। बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा  १८० प्रिमियम थप गरी प्रति कित्ता २८० मा एफपिओ निष्काशन गरेको हो।   

लगानीकर्ताले छिटोमा असार १९ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १३ गतेसम्म आवेदन गर्न सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र तथा १० ले भाग जाने गरी विद्यमान कानुनी ब्यबस्थाको सिमा भित्र रहने गरी अधिकतम निष्काशन गरिने सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन बाट वा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो  । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ। हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ। एफपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved