आरएसडिसी लघुवित्त र सिद्दार्थ इन्स्योरेन्सको हकप्रद बिक्रि खुला, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 01, 2018 | 11:17:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्त र सिद्दार्थ इन्स्योरेन्सले आज असार १७ गतेदेखि हकप्रद निष्काशन गर्दै छन् ।

आरएसडिसी लघुवित्तले कम्पनीले  ५:३ को अनुपातमा ६० प्रतिशतका दरले २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद निष्काशन  गरेको  हो । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २२ सोमबार सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । अर्थात जेठ २१ गतेसम्म कायम रहेका सेयरधनी हकप्रद भर्न पाउने छन् ।

लगानीकर्ताले साउन २० गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद भर्नको लागि बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको शाखाहरु लाजिम्पाट, लालदर्बार, लगनखेल, चिप्लेढुंगा पोखरा, , ट्राफिक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिराटनगर तोकिएका छन् । त्यस्तै आरएसडिसीको बुटवल स्थिति कार्यालय, नाल इन्भेस्टमेन्ट बैंकको उपत्यका भित्र रहेका बाहेकका सबै शाखाहरु र आश्वा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदान दिन सकिने छ । 

हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेकोमा हकप्रद निष्काशनपछि ५७ करोड ५९ लाख रुपैयाँ  पुग्नेछ ।

त्यस्तै सिद्दार्थ इन्स्योरेन्सले पनि आज असार १७ गतेदेखि साउन २० गतेसम्म हकप्रद निष्काशन गर्ने भएको हो ।  सिद्दार्थ इन्स्योरेन्सले १०:३.५ को अनुपातमा ३५ प्रतिशत हकप्रद निष्काशन गरेको हो ।  कम्पनीले २२ करोड ४४ लाखको २२ लाख ४४ हजार ९ सय ७३ दशमलव ५० कित्ता हकप्रद निष्काशन गरेको छ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

 कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ  जेठ १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । बैशाख ३१ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।  

हकप्रदमा आवेदन दिनको लागि निम्न केन्द्रहरु तोकिएका छन् ।  हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ८६ करोड ६० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved