सिडिएसीले बनाईरहेको इन्भेष्टर्स आइडीको काम पुरा, यस कारण वितरण हुने समय अझै अनिश्चित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 01, 2018 | 01:26:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले  ‘लगानीकर्ता परिचयपत्र (इन्भेस्टर्स आइडी)’ वितरणको लागि आवश्यक सफ्टवेयर निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।  सिडीएससीले सफ्टवेयर निर्माण सम्पन्न गरी अहिले त्यसको परीक्षण समेत गरिरहेको छ । 

नयाँ आर्थिक बर्षको सुरुवातबाट नै लगानीकर्तालाई आईडी बितरण गर्ने भनिए पनि केहि ढीलाई भएको हो । सिडीएससीका प्रबक्ता सुरेश न्यौपानेका अनुसार अहिले सफ्टवेयर निर्माण सम्पन्न भई परीक्षण भईरहेको र परीक्षको क्रममा देखिएका कमि कमजोरीलाई समाधान गर्ने कार्य भईरहेको छ । 

इन्भेस्टर्स आईडीले खास गरी सबै लगानीकर्ताको डाटालाई केन्द्रिकृत गरी एकै स्थानमा राख्ने काम गर्छ । प्रबक्ता न्यौपानेका अनुसार यसको पहिलो मुख्य काम भनेको 'आईडेन्टिफिकेशन' नै हो ।  यसमा लगानीकर्तासंग सम्बन्धित सबै आवश्यक जानकारी रहन्छ । कुनै पनि सम्बन्धित नियमन निकायले चाहेको खण्डमा एकै क्लिकमा लगानीकर्ताको जानकारी हेर्न सकिन्छ ।  साथै यसले पुंजीबजारमा कुल लगानीकर्ता कति छन् भनेर यकिन गर्ने छ । हाल एक भन्दा धेरै डीम्याट खाता हुनेहरु पनि छन् । तर यस सफ्टवेयरले एक ग्राहकको एक मात्र डिम्याट नम्बर र खाता कायम गर्ने छ र यसबाट कुल लगानीकर्ताको संख्या यकिन गर्न सकिन्छ ।  

यसको अर्को मुख्य काम भनेको कारोबार सहज र सरल बनाउने हो ।  कार्ड कार्यन्वयनमा आएपछि लगानीकर्ताले आफुलाई अनुकुल हुने जुनसुकै ब्रोकर मार्फत सहजै कारोबार गर्न सक्छन । प्रबक्ता न्यौपाने भन्छन् 'यो सिआश्वा जस्तै एउटा केन्द्रिकृत सिस्टम हो , यो कार्ड कार्ड कार्यन्वयनमा आइसकेपछि लगानीकर्ताले कारोबार गर्दा दुख पाउदैनन '।  

साथै अहिले शेयर कारोबार गर्ने लगानीकर्ताले आफुले कारोबार गर्ने हरेक ब्रोकरमा पुगेर केवाईसी अपडेट गर्नु पर्ने बाध्यता छ ।  तर कार्ड कार्यन्वयनमा आएसंगै केवाईसी लगायतका सम्पूर्ण जानकारी त्यस भित्र नै रहन्छ र त्यसलाई एक पटक अपडेट गरेपछि हरेक ब्रोकरमा गएर अपडेट गर्नु पर्ने छैन । 

यो कार्ड कहिलेबाट बितरण हुन्छ त्यो भने स्पस्ट भई नसकेको प्रबक्ता न्यौपाने बताउछन् ।  उनका अनुसार सिडिएससीले अन्तरिक रुपमा यसको प्रयोग गर्न थाली सकेको छ । तर यसलाई कुन रुपमा प्रयोग गर्ने भन्ने अझै निर्क्योल भईसकेको छैन । उनी भन्छन् 'यसमा बैंक, ब्रोकर, धितोपत्र बोर्ड, नेप्से लगायतका निकायहरु जोडिएको हुनाले यसलाई कसरी प्रयोग गर्ने भन्ने बारे स्पष्ट मोडालिटी बनि सकेको छैन । उनका अनुसार यसको लागि नियामक निकायले छुट्टै नियम कार्यविधि बनाउनु पनि पर्ने हुन् सक्छ ।  लगानीकर्ताको जानकारी गोप्य रहनु पर्ने र यो बिषय संवेदनशील रहेकोले कुन मोडालिटी बनेर कुन निकायलाई यसको प्रयोग कसरी गर्न दिने भन्ने बारे मोडालिटी तयार भएपछि मात्र आईडी वितरण हुनेछ ।

लगानीकर्ता संघहरुले पटक पटक यसलाई छिटो कार्यन्वयनमा ल्याउन माग गरिरहेका छन् ।सिडिएससीले सफ्टवयर तयार पारिसकेकोले मोडालिटी बन्ना साथ लगानीकर्ताले लामो समयदेखि प्रतिक्षा गरिरहेको इन्भेस्टर्स आइडीले सार्थकता पाउने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved