रोकिएन नेप्से घट्ने क्रम, कामना सेवा विकास बैंकको सर्बाधिक शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 01, 2018 | 03:53:04 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से सूचक १४.०१ ले घटेर ११८४.५३ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ५८ कम्पनीका ६ लाख १९ हजार ७ सय ४१ कित्ता शेयर खरिद बिक्रिबाट १९ करोड ७२ लाख ६२ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको छ । 

आज नेपाल बैंकको सबै भन्दा धेरै ८० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक संस्थापक शेयर, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल टेलिकम लगायत रहेका छन् । 

आज आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.८८ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा सिनर्जी पावर डेभलपमेन्ट, नयाँ नेपाल लघुवित्त, सिन्धु विकास बैंक लगायत रहेका छन् । 

आज तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक सर्बाधिक ५.७१ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा हाथवे फाइनान्स, रैराङ हाइड्रो, नेशनल हाइड्रो लगायत रहेका छन् । 

आज कामना सेवा विकास बैंकको सर्बाधिक ३० हजार २ सय ९ कित्ता शेयर कारोबार भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved