लगानीकर्ताको हातमा मेरोशेयरको नक्कली एप

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 03, 2018 | 01:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयर संचालनमा ल्याएसंगै लाखौ लगानीकर्ताले घर मै बसेर अनलाइन मार्फत सहज रुपमा शेयर भर्न तथा आफ्नो पोर्टफोलियो हेर्न पाएका छन्। तर अहिले त्यहि मेरोशेयरको नक्कली एप प्ले स्टोरमा आएको छ ।

यो नक्कली एप हो भनेर एप प्रयोग गरिरहेका लगानीकर्ता समेत जानकार छैनन् । एप प्ले स्टोरमा आएको भर्खर १ महिना मात्र भएको छ । यसलाई हालसम्म १ हजार भन्दा धेरै लगानीकर्ताले डाउनलोड गरेका छन् ।  सीडीएसले कुनै पनि एप नआएको प्रष्ट पारेकोले यो आधिकारिक एप होइन र नक्कली नै हो  ।

यस एप डाउनलोड गरेका लगानीकर्ताले एपमा बिज्ञापन आएको भन्दै सीडीएससंग अशन्तुष्टी व्यक्त गरेका छन  । तर सिडीएसले यो एप  बनाएको होइन  । 

एप प्रयोगकर्ताले यहि एप प्रयोग गरेर हकप्रद शेयर, आईपिओ तथा एफपिओ समेत भरिरहेका छन् । यसरी शेयर भर्दा उनीहरुले कन्फरमेशन कोड पनि पाएका छन् । कोड हालेपछि आवेदन सफल भएको व्यहोराको अर्को कन्फरमेशन ईमेल पनि पाएका छन् । तर एप सिडिएसको नै नभएकोले कसरी लगानीकर्ताले यो एप मार्फत शेयर भरे र कसरी उनीहरुले कन्फरमेशन कोड र इमेल पाईरहेका छन् भन्ने बिषय झन् गम्भीर बनेको छ । 

कसले बनायो त् एप ? 

प्ले स्टोरमा यो एप काठमाण्डौ कै एप डेभलपरले बनाएको उल्लेख छ। उनको नाम little d र प्ले स्टोरमाउनको इमेल आईडी  [email protected] उल्लेख छ । यी व्यक्ति वा संस्थाले एक महिना अगाडी मात्र प्ले स्टोरमा एप अपलोड गरेक हुन् । बिजपाटीले यस सम्बन्धिको फलो अप जारी राख्ने छ  । तर यो एप नक्कली भएकोले यसलाई प्रयोग नगर्नु नै उचित हुन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved