बिजपाटी समाचार प्रभाव: मेरोशेयरको नक्कली एप बनाउने बिरुद्द साइबर अपराध मूद्दा दायर हुदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 03, 2018 | 02:24:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयरको नक्कली एप बनाउने बिरुद्द साइबर अपराध अन्तर्गत मुद्दा दायर गर्ने तयारी गरेको छ ।  अनुमति बिना नै आफ्नो नाम र लोगो प्रयोग गरी अनधिकृत रुपमा एप निर्माण गरेकोले  सिडीएससीले साइबर अपराधको मुद्दा दायर गर्न लागेको हो । 

सिडिएसका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले आज नै मुद्दा दायर गर्न लागिएको पुष्टि गरे । उनले भने 'हामीले आईपी लगायतका अन्य जानकारी पत्ता लगाई सकेका चै र मुद्दा दायर गर्न लागेको छौ, आजै मुद्दा दर्ता हुन्छ' ।

एप्ले स्टोरमा आएको एप नक्कली भएको थाहा पाएपछि बिज पाटीले सय बारे सिडीएससीलाई जानकारी गराएर 'लगानीकर्ताको हातमा मेरोशेयरको नक्कली एप ' शिर्षकमा समाचार प्रकाशन गरेको थियो  सिडीएससीले पनि यसलाई गम्भीरतापुर्वक लिदै कुनै पनि एप डाउनलोड नगर्न अनुरोध गरेको छ । साथै २ देखि ३ महिना भित्रमा आधिकारिक एप आउने जनाएको छ ।  

यो नक्कली एप हो भनेर एप प्रयोग गरिरहेका लगानीकर्ता समेत जानकार छैनन् । एप प्ले स्टोरमा आएको भर्खर १ महिना मात्र भएको छ । यसलाई हालसम्म १ हजार भन्दा धेरै लगानीकर्ताले डाउनलोड गरेका छन् ।  सीडीएसले कुनै पनि एप नआएको प्रष्ट पारेकोले यो आधिकारिक एप होइन र नक्कली नै हो  ।

यस एप डाउनलोड गरेका लगानीकर्ताले एपमा बिज्ञापन आएको भन्दै सीडीएससंग अशन्तुष्टी व्यक्त गरेका छन  । तर सिडीएसले यो एप बनाएको बनाएको होइन  । 

एप प्रयोगकर्ताले यहि एप प्रयोग गरेर हकप्रद शेयर, आईपिओ तथा एफपिओ समेत भरिरहेका छन् । यसरी शेयर भर्दा उनीहरुले कन्फरमेशन कोड पनि पाएका छन् । कोड हालेपछि आवेदन सफल भएको व्यहोराको अर्को कन्फरमेशन ईमेल पनि पाएका छन् । तर यो एप सर्टकट मात्र भएको सीईओ गुप्ताले बताएका छन् । यो ब्राउजर बेस्ड भएको र एपमा प्रवेश गरिसकेपछि त्यहाँ बाट सिडीएसको वेबसाइटमा डाइभर्ट हुने र कोडहरु सिडीएसको सिस्टमले नै पठाएको गुप्ताले प्रष्ट पारे । उनका अनुसार यो सेक्युरिटीको समस्या होइन र लगानीकर्ताको कुनै पनि जानकारी दुरुपयोग भएको छैन । 

यस्तो प्रकारको एपले एप जसरि काम नगरी वेबसाइट जसरी काम गर्ने जानकारहरु बताउछन् । डेभलपरहरुले एपबाट पैसा कमाउन यस्तो प्रकारको गतिबिधि गर्ने गरेको बुझिएको छ । एप बनाएर राख्ने र एपबाट हुने कामहरुलाई सम्बन्धित वेबसाइटबाट नै गराउने गरी सिस्टम बनाएर कमाउ धन्दा हुने गरेको बुझिएको छ । 

कसले बनायो त् एप ? 

प्ले स्टोरमा यो एप काठमाण्डौ कै एप डेभलपरले बनाएको उल्लेख छ। उनको नाम little d र प्ले स्टोरमाउनको इमेल आईडी  [email protected] उल्लेख छ । यी व्यक्ति वा संस्थाले एक महिना अगाडी मात्र प्ले स्टोरमा एप अपलोड गरेक हुन् ।  तर यो एप नक्कली भएकोले यसलाई प्रयोग नगर्नु नै उचित हुन्छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved