'म्युचुअल फण्डले नाफा गर्ने भन्दा बजार निर्माताको भूमिका निभाउनुपर्छ'-धितोपत्र बोर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 03, 2018 | 04:02:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्था मर्ज हुँदा तिनका भगिनी संस्था मर्चेन्ट बैंक पनि संगै मर्जमा जानुपर्ने नियम ल्याउने भएको छ। एनआइडिसी क्यापिटल मर्जपछि सनराइज क्यापिटल हुँदै २५ बर्षे इतिहास बनाएको अवसरमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले यस्तो बताएका हुन। 

अध्यक्ष कार्कीले प्राथमिक र दोस्रो बजारको विकासका लागि मर्चन्ट बैंकले आफ्नो गुणस्तरिय सेवामा बृद्धि गर्न निर्दशन समेत दिएका छन। उनले म्युचुअल फण्डलार्इ नाफा गर्ने भन्दा पनि बजार निर्माताको रुपमा भुमिका खेल्न निर्देशन दिएका छन। 

अध्यक्ष कार्कीले शेयरबजारको बिकास तथा बिस्तारमा म्युचुअल फन्डले आफ्नो सेवामा वृद्धि गर्नुपर्ने र बजार निर्माताको भूमिका खेल्नुपर्ने भन्दै गर्दा कार्यक्रममा उपस्थित सरोकारवाला पक्षहरु भने अचम्मित भएका छन। 

बजारको अवस्थालाई बेवास्था गर्दै अरबौंको सार्वजनिक निष्काशन स्वीकृत गरेको धितोपत्र बोर्डकै अध्यक्ष कार्कीले आफुले बजारको विकास र सुधार गर्नुपर्नेमा मर्चेन्ट बैंकको थाप्लोमा त्यो जिम्मेवारी थुपारी दिंदा त्यहाँ उपस्थितहरु अचम्मित भएका हुन। 

बियरिस ट्रेन्डको बजारमा शेयर खरिद गर्न डराएर मुद्दतीमा राखेर ब्याज कमाईरहेका विभिन्न म्युचुअल फन्डहरु संचालकहरुलाई नै बजार निर्माताको भूमिका कसरि निभाउलान त्यो भने हेर्न बाँकी नै छ। नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष जस्ता ठूला संस्थालाई मार्केट मेकर बनाउने धितोपत्र बोर्डको प्रयास सफल हुन सकेको छैन। 

'ओपन इन्डेड' म्युचुअल फण्डलार्इ अनुमति दिने तयारी अन्तिम चरणमा 

बोर्डका अध्यक्ष कार्कीले 'ओपन इन्डेड' म्युचुअल फण्डलार्इ अनुमति दिने तयारी अन्तिम चरणमा पुगेको बताएका छन। एनआइबिएल क्यापिटल मार्केट्सले ५० करोड रुपैयाँ बराबरको 'एनआइबिएल सहभागिता स्किम' ल्याउन लागेको हो। नेपालमा क्लोज इन्डेड म्युचुअल फण्डको मात्र अभ्यास भैरहेको बेलामा 'ओपन इन्डेड' म्युचुअल फण्ड कसरि संचालन हुन्छ त्यो पनि धितोपत्र बोर्डको परिक्षा नै हुनेछ। 

नेपालमा नै पहिलो पटक ल्याउन लागेको यस फण्डलार्इ धितोपत्र बोर्डले समेत चाँसो दिएको छ। नयाँ अभ्यास भएकाले बोर्डले एनआईबिएल क्यापिटललार्इ यस बारे पटकपटक राय सुझाब माग गरिरिरहेको छ। सम्भवत: बोर्डले छिटै नै 'ओपन इन्डेड' म्युचुअल फण्डलार्इ अनुमति दिनेछ। 

म्युनिसीपालिटि बोन्ड निष्काशनमा भूमिका खेल्न मर्चेन्ट बैंकलाई सुझाब 

कार्कीले म्युनिसीपालिटि बोन्ड निष्काशन गर्ने अनुमति पाएको स्थानीय तहलाई मर्चेन्ट बैंकहरुले सघाउनुपर्ने बताएका छन। नगरपालिका तथा गाउँपालिकाले म्युनिसीपालिटि बोन्ड निष्काशन गर्ने अनुमति पाएपनि मर्चेन्ट बैंकहरुले आफ्नो भूमिका निभाउन नसकेको भन्दै मर्चेन्ट बैंकहरुले त्यस तर्फ पनि ध्यान दिन कार्कीले सुझाब दिएका छन।       

सनराइज म्युचुअल फण्डको इकाई चाडै नै निष्काशन 

सनराइज क्यापिटलका प्रमुख कार्याकारी अधिकृत बिजयलाल श्रेष्ठले सनराइज म्युचुअल फण्डको इकाई चाडै नै निष्काशन हुने बताएका छन। कार्यक्रममा बोल्दै श्रेष्ठले क्यापिटलले सनराइज म्युचुअल फण्डको लागि निवेदन दिएकोमा बोर्डबाट स्वीकृति पाएको हुँदा चाढै नै सार्वजनिक निष्काशन गर्ने जानकारी गराएका हुन। 

सनराइज क्यापिटलले अहिलेसम्म ८२ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ७७ वटा कम्पनीको हकप्रद, ३५ वटा कम्पनीको प्रत्याभूतीकर्ता, ३४ वटा कम्पनीको शेयर रजिष्ट्रर र हाल १२ वटा कम्पनीको रजिट्रारको काम गर्दै आएको श्रेष्ठले जानकारी दिए। 

कार्यक्रममा सनराइज बैंक, सनराइज क्यापिटलका संचालक तथा व्यवस्थापन टिम लगायत शेयरबजारसंग सम्बन्धित बिभिन्न संघसंस्थाका व्यक्तिहरुको बाक्लो उपस्तिथी थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved