रिडी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 03, 2018 | 05:30:26 PM मा प्रकाशित

laxmi  sunrise bank

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको असार १८ गते बसेको संचालक समितिको बैठकले हाल कायम पूँजीको शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृतिदिए पछि हकप्रद  निष्काशन हुने छ। हाल कम्पनीको चुक्ता पूँजी ५० करोड १० लाख रुपैयाँ छ । सोही परिमाणको हकप्रद बेचेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २० लाख पुग्नेछ ।

हकप्रद बिक्रि बाट उठेको रकम कम्पनीले निकट भविष्यमा निमार्ण गर्न लागेको ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजनामा खर्च हुने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved