नाडेप लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा जारी गरेको साधारणमा शेयर बाँडफांड भएको छ । बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले बुधबार बिहान आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो ।
लघुवित्तले असार १० देखि १३ गतेसम्म निष्काशन गरेको आइपीओमा २ लाख १९ हजार ९१ जनाले आवेदन दिएका थिए । जस मध्ये ४ सय ७४ आवेदन रद्द भई कुल योग्य आवेदकको संख्या २ लाख १८ हजार ६ सय १७ कायम भएको थियो । यी मध्ये गोलाप्रथाबाट ४३ हजार २ सय जनाले समान १० कित्ता शेयर पाएका छन् ।
लघुवित्तले बिक्रिमा ल्याएको कुल ४ लाख ८० हजार कित्ता आइपीओ मध्ये २४ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र २४ हजार कित्ता सामुहिक लगानी कोषको लागि तथा बाँकि ४ लाख ३२ हजार कित्ताको सर्बसाधारणका लागि छुट्याइएको थियो।
आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा उपलब्ध हुने छ । नतिजा प्रकाशित भएपछि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गरेर र कम्पनीमा नाडेप लघुवित्त छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गरेर नतिजा हेर्न सकिन्छ । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ भने आईपिओ नपरेको भए केहि देखाउदैन ।
लघुवित्तबारे:
नाडेप लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको लघुवित्त हो। २०७२ जेठ १ देखि संचालनमा आएको यस लघुवित्तले धादिङको गजुरीमा मुख्य कार्यालय राखी ६२ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। विभिन्न ३३ जिल्लामा लघुवित्त सेवा दिने अनुमति लिएको यस लघुवित्तको संचालक तथा आधारभुत शेयरधनिहरुमा नबिल बैंक, लुम्बिनी बिकास बैंक र डिप्रोक्स नेपाल छन। उनीहरुको यस लघुवित्तमा क्रमश: ४ - ४ र १ लाख ६० हजार कित्ताको शेयर स्वामित्व छ।
लघुवित्तको वित्तीय अवस्था:
आइपीओ बिक्रि तथा वितरण पश्चात लघुवित्तको शेयर स्वामित्व संस्थापक र साधारण क्रमश ७० र ३० प्रतिशत हुनेछ भने चुक्ता पुंजी ११ करोड २० लाखबाट १६ करोड पुग्नेछ।
Shiva Dhital