देउवा सरकारले गरेका ७ महिनाका नियुक्ती खारेज, नेप्सेका महाप्रबन्धक साउदको जागिर गएको हो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 04, 2018 | 11:40:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्वाचन आचार संहिता लागू भएयता पूर्ववर्ती शेर बहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेको छ। असार २० गते मंगलबार राति अबेर गरि बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आचार संहिता लागू भएदेखि केपी ओली नेतृत्वको सरकार गठन हुँदासम्मका  सवै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो। 

निर्वाचन आचार संहिता लागु भएको गत भदौ १४ देखि ओली नेतृत्त्वको सरकार गठन भएको फागुन ३ गतेसम्मको सबै राजनीतिक नियुक्ति खारेज भएको सरकारका प्रवक्ता एवम् सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए। 

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालयष्का अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरिएको छ ।’ उनले भने। 

त्यस्तै सरकारले चिकित्सा शिक्षा विधेयक फिर्ता लिई पुनः संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । यसअघि प्रतिपक्षीको विरोधपछि विधेयक फिर्ता लिइएको थियो ।

नेप्सेका महाप्रबन्धक साउदको जागिर गएको हो ? 

सरकारले भदौ १४ देखि फागुन ३ गतेसम्मका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकाले नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदको जागिर गएको हो कि भन्ने आशंका गरिएको छ। पूर्ववर्ती देउवा नेतृत्त्वको सरकारले गत असोज २३ गते साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गरेको हो। 

यद्दपी नेप्सेको महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा सिफारिस गरिएका ३ जना मध्ये पूर्ववर्ती देउवा सरकारले साउदलाई नियुक्त गरेको हो। उनको नियुक्ति राजनीतिक पर्छ पर्दैन त्यसबारे अन्यौल नै छ। त्यसैले उनको पद खोसिएको हो होइन भन्नेबारे यकिन भैसकेको छैन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved