३६ अंकले बढ्यो नेप्से, यी हुन् बजारमा उत्साह देखिनुका कारण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2018 | 04:01:15 PM मा प्रकाशित

laxmi  sunrise bank

निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज सूचक ३६.०१ अंकले बढेर १२२४.४१ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ६८ कम्पनीका १२ लाख १ हजार बढी कित्ता शेयर खरिद बिक्रिबाट कुल ४६ करोड २० लाख बराबरको कारोबार भएको छ ।

आज उत्पादन समुह बाहेकका सबै समुहगत सूचक बढेका छन् । जसमा इन्स्योरेन्स समुह सबै भन्दा धेरै ३२२, बाणिज्य बैंक समुह २६.७७ तथा विकास बैंक समुह ३७.२८ अंकले बढेका छन् ।

आज नेशनल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ३ करोड ७५ लाखको कारोबार भएको छ भने प्राइम कमर्शियल बैंकको सर्बाधिक ७८ हजार १ सय २० कित्ता शेयर किनबेच भएका छन् ।

धेरै लामोसमययपछि शेयर बजार ३ प्रतिशत भन्दा बढीले बढेको हो ।

कसरी आयो निरन्तर घटेको बजारमा यस्तो सुधार ? 

बजार एक्कासी बढ्नुमा कुनै एक खास कारण नरहेको विश्लेषकहरु बताउछन् । बजार यस अगाडी धेरै घटिसकेकोले अधिकांश कम्पनीहरुको शेयर सस्तो हुदै गएका थिए । सस्तोमा शेयर किन्ने अवसर हुनु, राष्ट्र बैंकले सार्बजनिक गर्न लागेको मौद्रिक नीतिको बारेमा सकारात्मक संदेश फैलिनुले लगानीकर्ताको मनोबल बढेकोले बजार बढेको विश्लेषण गर्न सकिन्छ । त्यस्तै अनलाइन ट्रेडिङबारे डेमो हुनु र साउनदेखि समानान्तर रुमा कारोबार गर्ने नेप्सेको तालिकाले पनि लगानीकर्ता उत्साहित भयका छन् । ब्याजदर पनि घट्ने संकेत बजारमा देखिनु , शेयर धेरै घटेकोले अब नघट्ने संदेश प्रवाह हुनेले पनि खरिद चाप बढेर कारोबार रकम बढेको देखिन्छ ।

आज युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन् भने मिथिला लघुवित्त र युनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।

त्यस्तै रैराङ हाइड्रोका लगानीकर्ताले सर्बाधिक ७.२७ प्रतिशत गुमाएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved