२ कम्पनीको गरी १८ करोड बराबरको आईपिओ बिक्रि खुला, आजबाट आवेदन दिन सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 06, 2018 | 09:08:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज (असार २२) गतेबाट २ कम्पनीले आईपीओ बिक्रि खुला गरेका छन् ।  घलेम्दी हाइड्रो लिमिटेड र माउन्टेन हाइड्रोले आईपिओ बिक्रि खुला गरेका हुन्  ।

घलेम्दी हाइड्रो लिमिटेडले  स्थानीय बासिन्दाको लागि आईपिओ निष्कासन गरेको हो  । कम्पनीले  म्याग्दीको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको हो  । 

स्थानीयहरुए न्यूनतम ५० कित्ता र अधिकतम २७ सय ५० कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि छिटोमा साउन ४ गते र ढिलोमा साउन २० गतेसम्मको समय तोकिएको छ । यी शेयरहरु बाँडफांड भएको ३ बर्षसम्म बिक्रि गर्न पाइने छैन । 

 शेयर निष्काशनको लागि कम्पनीले भिवोर क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।स्थानीयलाई शेयर जारी गरीसकेपछि कम्पनीले सर्वसाधारणको लागि शेयर जारी गर्नेछ ।

कम्पनीले म्याग्दीमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ ।

त्यस्तै माउन्टेन हाइड्रो नेपाल लिमिटेडले पनि पहिलो चरणमा आयोजना प्रभावीत स्थानीयबासीका लागि आईपिओ निष्कासन गरेको हो  ।  कम्पनीले स्थानीयको लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको हो  ।

कुल १२ लाख ५० हजार कित्ता मध्ये ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि र ५ लाख कित्ता पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाइ छुट्टाइएको छ ।

लगानीकर्ताले न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved