हकप्रद निष्काशनको लागि एनसिसि बैंकको बुक क्लोज मिति तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 08, 2018 | 11:25:56 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि) ले हकप्रद निष्काशन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । बैंकले १०० बराबर ५० कित्ता अर्थात ५० प्रतिशतका दरले  २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद बिक्रि गर्नेछ। 

बैंकले हकप्रद निष्काशनको लागि साउन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । साउन १४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।   पछिल्लो दुई बर्षदेखि साधारणसभा गर्न नसकेको एनसीसीले चुक्ता पुंजी ८ अर्ब पुर्याउन हकप्रदको सहारा लिएपनि हकप्रद निष्काशन पश्चात ७ अर्ब १ करोड चुक्ता पुंजी पुग्नेछ। बाँकी करिब १ अर्ब चुक्ता पुंजी पुर्याउन बैकले बोनस सेयर वितरण वा अन्य बैंक गाभ्ने बिकल्प रोज्न सक्नेछ। 

अन्य बाणिज बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश वितरण गरी चुक्ता पुंजी ८ अर्ब पुर्याइसकेको अवस्थामा एनसीसीले भने साधारणसभा समेत बोलाउन सकेको छैन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved