रातो भएर बन्द भयो १६ अंकले बढेको बजार, ४८ करोडको कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 08, 2018 | 06:57:02 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से झिनो अंकले घटेको छ। कारोबार सुरु भएको १ घण्टा पनि नबित्दै १६ अंकले बढेको सूचक कारोबार बन्द हुँदा ०.०२ अंकले घटेको हो  । आज क्रोब्रमा आएका १ सय ६८ कम्पनीका १२ लाख् ५० हजार २ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट ४८ करोड ६० लाख ७८ हजार ७ सय ५४ रुपैयाँको कारोबार भएको छ  

आज कारोबारमा आएका बैंकिंग, होटेल, उत्पादन र अन्य समुह बाहेकका अन्य सबै समुहगत सूचक घटेका छन्  । आज छिमेक लघुवित्तको सर्बाधिक ५ करोड बढीको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नबिल बैंक संस्थापक शेयर, एनसीसी बैंक , नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स लगायत रहेका छन्  ।

आज आरम्भ माइक्रोफाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ९.९० प्रतिशतले बढेको छ भने युनाईटेड मोदी हाइड्रोको शेयर मूल्य सबै भन्दा धेरै ६.६६ प्रतिशतले घटेको छ ।   

बिहिबार ३१ अंकले सूचक बढेको र आज पनि पहिलो घण्टा मै १६ अंकले बजार बढ्दा लगानीकर्ताले नाफा बुक गर्न बिक्रि चाप बढाउदा बजारमा तिब्र उतार चढाव देखिएको आंकलन गरिएको छ  । त्यस्तै नेप्से प्रमुख पदमुक्त भएपछि साउनदेखि सुरु हुने भनिएको अनलाइन ट्रेडिङ के होला भन्ने अन्योल लगानीकर्तामा देखिदा केहि मनोबल घट्न गएको देखिन्छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved