नेप्सेको जिम्मा रमेश अर्याललाई, साउद पदमुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 09, 2018 | 10:18:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले तत्कालका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को व्यवस्थापनको जिम्मा अर्थका उपसचिव रमेश अर्याललाई दिने निर्णय गरेको छ। असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले पुर्ववर्ति देउवा सरकारले गरेको नियुक्ति खारेजी गर्ने निर्णय गरेपछी पदमुक्त भएका चन्द्र सिंह साउदको ठाउँमा अर्को व्यवस्था नहुँदासम्मका लागि नेप्सेको व्यवस्थापन सम्हाल्नको लागि अर्याललाई जिम्मेवारी दिइएको हो। 

अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले अर्याललाई नेप्सेको व्यवस्थापन सम्हाल्ने जिम्मा दिइएको पुष्टि गरेका हुन। नेप्सेले कार्यकारी प्रमुख नपाउँदासम्म अर्यालले नेप्सेको सीईओको जिम्मेवारी सम्हाल्नेछन।   

निर्वाचन आचार संहिता लागू भएदेखि केपी ओली नेतृत्वको सरकार गठन हुँदासम्मका सवै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। सोहि अनुसार प्रधानमन्त्री कार्यालयले शुक्रबार नै चन्द्रसिंह साउद पदमुक्त भएको जानकारी गराएको थियो। तर पदमुक्त भएको पत्र आईतबार मात्र  बुझाईएको हो। 

पूर्ववर्ती देउवा नेतृत्त्वको सरकारले गत असोज २३ गते साउदलाई ४ बर्षका लागि नेप्सेको महाप्रबन्धकमा नियुक्त गरेको हो। नेप्सेको महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा सिफारिस गरिएका ३ जना मध्ये मन्त्रिपरिषद्को बैठकले साउदलाई नियुक्त गरेको हो।

नियुक्ति खारेजीपछी के गर्लान नेप्से प्रमुख साउद ? यस्तो छ अबको कानुनी उपचार


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved