अर्यालद्वारा नेप्से प्रमुख पदको पदभार ग्रहण, बर्खास्तीमा परेका साउद अदालत जाने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 09, 2018 | 11:15:41 AM मा प्रकाशित

laxmi  sunrise bank

बर्खास्तीमा परेका पाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदले सरकारको निर्णय बिरुद्द अदालत जानेबारे छलफल अगाडी बढाएका छन। सरकारको निर्णय बिरुद्दमा अदालत जानेकि निर्णयलाई पालना गर्ने भन्नेबारे छलफलमै रहेको साउदले बताएका छन। 

'सरकारको निर्णय बिरुद्द अदालत जाने कि नजाने भन्नेबारे छलफलमै छु' साउदले भने, 'कानुनविदहरुसंगको छलफल पछी मात्र के गर्ने भन्नेबारे निर्णयमा पुग्छु, अहिलेनै अदालत जाने निर्णय गरिसकेको छैन।' 

साउदले भने, सरकारले म माथि अन्याय गरेको छ, त्यसमा कुनै दुई मत छैन, तर अदालत जान अगाडी त्यसपछिको प्रकृया र अवस्था के हुन्छ भन्नेबारे अहिले कानुनविदहरुसंग छलफलमा छु, छलफल गरेर निर्णयमा पुग्छु। 

असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले पुर्ववर्ति देउवा सरकारले गरेको नियुक्ति खारेजी गर्ने निर्णय गरेपछी साउद पनि बर्खास्तीमा परेका हुन। प्रधानमन्त्री कार्यालयले शुक्रबार नै चन्द्रसिंह साउद पदमुक्त भएको जानकारी गराएको थियो। तर पदमुक्त भएको पत्र आईतबार मात्र  बुझाईको हो।

पूर्ववर्ती देउवा नेतृत्त्वको सरकारले गत असोज २३ गते साउदलाई ४ बर्षका लागि नेप्सेको महाप्रबन्धकमा नियुक्त गरेको हो। नेप्सेको महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा सिफारिस गरिएका ३ जना मध्ये मन्त्रिपरिषद्को बैठकले साउदलाई नियुक्त गरेको हो।

सरकारले तत्कालका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को व्यवस्थापनको जिम्मा अर्थका उपसचिव रमेश अर्याललाई दिने निर्णय गरेको छ। अर्यालले आजदेखि नै नेप्सेको व्यवस्थापनको जिम्मा सम्हालेका छन। नेप्सेले कार्यकारी प्रमुख नपाउँदासम्म अर्यालले नेप्सेको सीईओको जिम्मेवारी सम्हाल्नेछन।    

नेप्सेको जिम्मा रमेश अर्याललाई, साउद पदमुक्त

नियुक्ति खारेजीपछी के गर्लान नेप्से प्रमुख साउद ? यस्तो छ अबको कानुनी उपचार


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved