17 Jul, 2018 | १ श्रावण २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्बजनिक, यस्ता छन् ७ प्राथमिकता

Posted on:July 09, 2018

नेपाल धितोपत्र बोर्डले आव २०७५।७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । बोर्डले गत आर्थिक बर्षदेखि मात्र नीति तथा कार्यक्रम सार्बजनिक गर्ने निती लिएको थियो  । सोहि अनुसार बोर्डले आज नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरेको हो  ।

नेपाल सरकारले  जारी गरेको पँुजी बजारसम्बन्धी नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएको पँुजी बजारसम्बन्धी कार्यक्रमहरु, नेपाल सरकारको १४ औं योजनामा समावेश पँुजी बजारसम्बन्धी नीति तथा कार्यक्रम, पाँच वर्षीय वित्तीय क्षेत्र विकास रणनीतिमा समावेश  सम्पन्न हुनुपर्ने कार्यक्रमहरु,  संसदबाट पारित भएको वस्तु विनिमय बजारसम्बन्धी ऐन,  र वस्तु विनिमय बजारसम्बन्धी नियमावली तथा नियमनसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तहरु समेतलाई  आधार मानेर बोर्डले नीति तथा कार्यक्रम सार्बजनिक गरेको जनाएको छ  ।

बोर्डले सार्बजनिक गरेको नीति तथा कार्यक्रमले नेपालको धितोपत्र र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई ७ मुख्य लक्ष्य लिएको छ  । ७ लाख्स्यहरुमा 

१. धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, 

२. बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने, 

३. बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार तथा विकास गर्ने तथा एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा संचालन गर्ने, 

४.बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने, 

५. बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि गर्ने, 

६. बजार विकास तथा विस्तारका लागि आवश्यक अध्ययन÷अनुसन्धान गर्ने, 

७. बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रादेशिक पूँजी बजार प्रर्दशनी लगायत विभिन्न प्रशिक्षणमूलक, छलफल÷अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने रहेका छन्  ।

नीति तथा कार्यक्रममा बोर्डले ब्रोकरको बर्गिकरण गर्ने, नागरिक लगानी कोषलाई सहायक कम्पनीको रुपमा स्थपित गरी बजार निर्माताको रुपमा सक्रिय बनाउने, लगानीकर्तालाई प्रशिक्षण दिने, एक नेपाली एक डिम्याट खाता अभियान संचालन गर्ने,  अन्तराष्ट्रियस्तरको अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउने, नयाँ स्टक एक्सचेञ्चलाई अनुमति दिने,  नेप्से तथा सिसडएसीको पुनसंरचना गराउने,  लिलामी बजारलाई व्यवस्थीत गरिने लगायत रहेका छन्  ।

बोर्डले नीति तथा कार्यक्रममा कानुनी संरचनाको विकास तथा सुदृढीकरण , संस्थागत तथा नियमन क्षमता अभिवृद्धि, बजार पूर्वाधारमा सुधार तथा विकास, बजार सुपरिवेक्षण ब्यबस्थामा सुधार, बहर सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि, अध्ययाँ अनुसन्धान, प्रशिक्षण तथा जनचेतना अभिवृद्धि साथै नियमित कार्यक्रमहरु समाबेश छन्   ।

Share your thoughts!

Loading...

Trending