धितोपत्र बोर्डले ब्रोकरहरुको बर्गिकरण गर्ने, यस्ता छन् बर्गिकरणका आधार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 09, 2018 | 06:33:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयर दलाल व्यवसायीहरु (ब्रोकर)हरुको बर्गिकरण गर्ने भएको छ । बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले बोर्डको आर्थिक बर्ष ०७५।७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्बजनिक गर्दै ब्रोकरहरुको बर्गिकरणको बर्गिकरण गर्ने घोषणा गरेका हुन्  । 

बोर्डले धितोपत्र व्यवसायीहरुको स्तर अभिबृद्धि गर्नका लागि पँुजी आधार, व्यवसायिकता, ऐन नियमको परिपालना तथा प्रतिस्पर्धी सेवा लगायत अन्य उपयुक्त परिसूचक तयार गरी सोको आधारमा धितोपत्र व्यवसायीहरुको वर्गीकरण कार्य गर्ने भएको हो   । त्यस्तै बोर्डले नेप्से तथा धितोपत्र दलाल व्यवसायीमार्फत् मार्जिन कारोवारलाई प्रभावकारी बनाउने पनि उल्लेख गरेको छ   । 

बोर्डले २० प्रतिशत धितोपत्र दलाल व्यवसायी तथा निक्षेप सदस्यको स्थलगत निरीक्षण पनि गर्ने नीति तथा कार्यक्रममा मार्फत सार्बजनिक गरेको छ   । बोर्डले ग्राहक पहिचान केवाईसी कार्यान्वयन स्थितिको सुपरिवेक्षण गर्ने , धितोपत्र खरिद बिक्री सम्बन्धमा लगानीकर्ताहरुको आदेशको कार्यान्वयन, कारोवार राफसाफ तथा फछर्यैट, निक्षेप सदस्यको सेवा प्रवाह तथा ऐन नियमको पालना सम्बन्धमा  स्थलगत निरीक्षण गर्ने भएको हो  । 

हाल ५० ब्रोकरहरु संचालनमा छन्  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved