17 Jul, 2018 | १ श्रावण २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

बोर्डले सार्बजनिक गरेको नीति तथा कार्यक्रममा के छन् बजार सुधारका नयाँ कुरा ? (पूर्णपाठ सहित)

Posted on:July 09, 2018

नेपाल धितोपत्र बोर्डले आव २०७५।७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । बोर्डले गत आर्थिक बर्षदेखि मात्र नीति तथा कार्यक्रम सार्बजनिक गर्ने निती लिएको थियो  । सोहि अनुसार बोर्डले आज नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरेको हो  ।

नेपाल सरकारले  जारी गरेको पँुजी बजारसम्बन्धी नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएको पँुजी बजारसम्बन्धी कार्यक्रमहरु, नेपाल सरकारको १४ औं योजनामा समावेश पँुजी बजारसम्बन्धी नीति तथा कार्यक्रम, पाँच वर्षीय वित्तीय क्षेत्र विकास रणनीतिमा समावेश  सम्पन्न हुनुपर्ने कार्यक्रमहरु,  संसदबाट पारित भएको वस्तु विनिमय बजारसम्बन्धी ऐन,  र वस्तु विनिमय बजारसम्बन्धी नियमावली तथा नियमनसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तहरु समेतलाई  आधार मानेर बोर्डले नीति तथा कार्यक्रम सार्बजनिक गरेको जनाएको छ  ।

बोर्डले सार्बजनिक गरेको नीति तथा कार्यक्रमले नेपालको धितोपत्र र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई ७ मुख्य लक्ष्य लिएको छ  । ७ लाख्स्यहरुमा 

१. धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, 

२. बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने, 

३. बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार तथा विकास गर्ने तथा एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा संचालन गर्ने, 

४.बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने, 

५. बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि गर्ने, 

६. बजार विकास तथा विस्तारका लागि आवश्यक अध्ययन÷अनुसन्धान गर्ने, 

७. बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रादेशिक पूँजी बजार प्रर्दशनी लगायत विभिन्न प्रशिक्षणमूलक, छलफल÷अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने रहेका छन्  ।


हेर्नुस बोर्डको नीति तथा कार्यक्रमको पूर्ण पाठ   ।

आव २०७५।७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम ।


धितोपत्र बजारको विकास तथा विस्तारका लागि बोर्डले प्रत्येक वर्ष तर्जुमा तथा कार्यान्वयन गर्दै आएको नीति तथा कार्यक्रमलाई रजत जयन्ती बर्षको अवसरमा आव २०७४।७५ देखि प्रकाशन शुरुवात गरेकोमा वस्तु विनिमय बजार ऐन, २०७४ को व्यवस्था अनुसार यो बजार समेत बोर्डको नियमन जिम्मेवारीमा आएकोले यसलाई थप परिमार्जन गरी आव २०७५।७६ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक चालु आव अर्थात २०७५ आषाढ भित्रनै प्रकाशन गर्न लागेको छ । यस नीति तथा कार्यक्रमलाई यो बर्षदेखि दुई भागमा प्रस्तुत गर्दै भाग एक मा समीक्षा वर्ष २०७४।७५ को धितोपत्र बजार र बोर्डको नीति तथा कार्यक्रमको प्रगति समीक्षा गरिएको छ भने भाग दुई मा आगामी आर्थिक वर्ष २०७५।७६ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । 

भाग एक

धितोपत्र बजार (विश्व तथा नेपालको स्थिति र आव २०७४।७५को नीति तथा कार्यक्रमको प्रगति समिक्षा 


प्रविधिको प्रयोगमार्फत आज विश्वको धितोपत्र बजार थप आधुि नकीकरण हुदै गइरहको सन्दर्भमा पछिल्लो समयमा धितापत्रको पूर्ण अभौतिक कारोबार, प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागू भई हाल ७७ वटै जिल्लाका बैंक तथा वित्तीय संस्थाका २५०० भन्दा बढी शाखाहरूबाट प्राथमिक बजारको सेवा उपलब्ध हुनुका साथै मर्चेन्ट बकंै र तथा धितोपत्र दलाल व्यवसायीको उपत्यकाबाहिर शाखा विस्तार हुंदै गएको छ । यसरी नेपालको धितोपत्र बजार पनि प्रविधिमैत्रीं, लगानीमैत्रीं एवं देशव्यापी बन्दै गइरहेको छ ।


विश्व धितोपत्र बजारको स्थिति ः सन् २०१७ मा विश्व विश्व धितोपत्र बजार उत्साहजनक रहेको छ । सन् २०१८ जनवरीमा धितोपत्र बजारको विश्व संगठनले प्रकाशन गरेको प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय धितोपत्र बजारका प्रमुख सूचकांकहरुमा उल्लेख्य वृद्धि आएको छ । सन् २०१७ मा बजार पूँजीकरण, धितोपत्रको प्राथमिक निष्काशनमा समते उच्च वृिद्ध देखिएतापनि दोस्रो बजार भने सामान्य रहेको छ । प्रतिवेदनका अनुसार दोस्रो बजारमा धितोपत्रको कारोबार रकम तथा सूचीकृत कम्पनीमार्फत् हुने लगानी प्रवाहमा केही सुस्तता आएको छ ।


नेपालको धितोपत्र बजारको स्थिति ः विगतका वर्षहरुमा धितोपत्र बजार सुधार तथा विकासका लागि उल्लेख्य कार्यहरु भएतापनि अर्थतन्त्रमा लगानीको अन्य विकल्पहरु कम भएको, वित्तीय बजारमा असन्तुलित भई बैंक व्याजदर अस्थिर रहेको तथा बैंक तथा वित्तीय संस्थाको हकप्रद, बोनस शेयर निष्काशन तथा थप सार्वजनिक निष्काशन, संगठित संस्थाको धितोपत्रको प्राथमिक निष्काशनबाट धितोपत्रको आपूर्तिमा वृद्धि भएका कारण समीक्षा अवधिमा धितोपत्र बजारमा संकुचन देखिएको छ । धितोपत्रको प्राथमिक स्थिति मिश्रित रहेको छ भने देस्रो बजार संकुचनको स्थितिमा रहेको छ ।


चालु आवको प्रथम एघार महिनासम्ममा हकप्रद शेयर तथा थप निष्काशनमा आएको कमीका कारण समग्र प्राथमिक बजारमार्फत् हुने पूँजी परिचालनमा कमी आएको छ । समीक्षा अवधिमा ७३ संगठित संस्थाले कुल रु. ४२ अर्ब बराबरको पूँजी परिचालन भएको छ, जुन गत वर्षको सोही समयावधिको तुलनामा करिब २४ प्रतिशतले कम हो । गत वर्ष प्राथमिक बजारमार्फत् रु. ५५ अर्ब ४५ करोड बराबरको पूँजी परिचालन भएको थियो । विगत तीन वर्ष ऋणपत्र निष्काशन शून्य रहेको अवस्थामा समीक्षा वर्षमा एक वाणिज्य बैंकले तीन अर्व रुपैयां बराबरको ऋणपत्र निष्काशन गरेको छ । सोही समयावधिमा साधारण शेयरको निष्काशनमा भने करिब तीन गुणाले वृद्धि आएको छ । कुल पूँजी परिचालनमा सबैभन्दा बढी हिस्सा (५२.३८ प्रतिशत) हकप्रद निष्काशनको रहेको छ भने सबैभन्दा कम हिस्सा (७.१४ प्रतिशत) ऋणपत्र निष्काशनको रहेको छ । यस्तै चार योजनामार्फत् रु.४.८ अर्ब बराबरको म्युचुअल फण्ड निष्काशन भएको छ जुन विगत तीन वर्षको अवधिमा निष्काशन भएको सामूहिक लगानी योजना मध्ये सबैभन्दा बढी निष्काशन हो । 


धितोपत्रको दोस्रो बजारः आव २०७४।७५ को जेठ महिनाको अन्त्यमा नेप्से सूचकांक १२४७.३ बिन्दु कायम भएको छ, जनु गत वर्षको सोही समयावधिको तुलनामा २१.२८ प्रतिशतले कमी हो । यस्तै सोही समयावधिमा फ्लोट सूचकांकमा पनि २३.०९ प्रतिशतले कमी आई उक्त सूचकांक ८९.७ बिन्दु रहेको छ । कुल १९५ सूचीकृत कम्पनी रहेको नेपाल स्टक एक्सचेञ्ज लि. मा समीक्षा अवधिमा कलु २११ दिन कारोवार हुंदा कुल रु. १ अर्ब १५ करोड बराबरको धितोपत्र कारोबार भएको छ, जुन गत आवको सोही समयावधिको तुलनामा करिब ४० प्रतिशतको कमी हो । यद्यपि सूचीकृत धितोपत्रको संख्यामा भने २२.२९ प्रतिशतले वृद्धि भएको छ । चालु आव को जेठ महिनासम्ममा नेप्सेमा करिब ३ अर्ब ५४ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ ।



चालु आवको नीति तथा कार्यक्रमको हालसम्मको संक्षिप्त प्रगति समिक्षा 

ड्ड मिति २०७४।०५।११ मा वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ जारी भएपश्चात् उक्त ऐन कार्यान्वयनका लागि बोर्डले मिति २०७४।०८।०९ मा वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ लागू गरी बजारलाई नियमनको दायरामा ल्याएको । 

ड्ड बोर्डले चालु आवमा बजार सुपरिवेक्षण दिंगदर्शन लागू गरी बजार सुपरिवेक्षणलाई सुदृढ गरिएको र सोही अनुसार सम्पत्ति सुद्धिकरण ऐन अनुसार पहिलो पटक नक्कली सेयर कारोबार भएको सम्बन्धमा बोर्डबाट दुई धितोपत्र व्यवसायीलाई प्रत्येकलाई रु १० लाख जरिवाना गरिएको र साथै धितोपत्र ऐन अनुसार आर्थिक जरीबाना गरिएको र हितग्राही तथा ग्राहक परिचय विवरणमा त्रुटि गर्ने निक्षेप सदस्य÷धितोपत्र दलाललाई पहिलो पटक आर्थिक जरिवाना गरी कानुन प्रवलीकरणमा विशेष जोड दिई नियमन शसक्तता बढाइएको ।

ड्ड बास्तविक क्षेत्रका कम्पनीहरुलाई पँुजी बजारमा भित्र्याउने विशेष कार्यक्रम अन्तर्गत यस्ता कम्पनी धितोपत्र बजारमा सूचिकरण भएमा नेपाल सरकारबाट १५ प्रतिशत आयकर छुट तथा सार्वजनिक निष्काशनमा १० प्रतिशत मात्र जाने सक्ने र प्रिमियमको व्यवस्था भएअनुसार पहिलोपटक शिबम सिमेन्टलाई सार्वजनिक निष्काशन अनुमति दिइएको ।

ड्ड बजारको पहँुच देशव्यापी बनाउन तथा पूँजी बजारको विस्तारलाई धान्न सक्ने गरी धितोपत्र बजार संचालन नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम थप एक स्टक एक्सचेन्ज स्थापना गर्न अनुमति दिने सम्बन्धमा सैद्धान्तिक निर्णय गरेको । 

ड्ड सार्वजनिक निष्काशन कार्यलाई थप व्यवस्थित गर्ने उद्देश्यले २०७३ माघदेखि शुरु गरिएको आस्वा प्रणालीलाई २०७४ साउन देखि अनिवार्य गरी प्राथमिक बजार सेवा ६२ बैंक तथा वित्तीय संस्थाका करिब २५०० शाखामार्फत् देशभर ७७ जिल्लामा पु¥याइएको जसबाट धितोपत्रको सार्वजनिक निष्काशनदेखि कारोवारसम्मको समयावधि छ महिनाबाट ५० दिनमा छोट्टिएको ।

ड्ड बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ लागू गरी प्राथमिक निष्काशनमा आवेदन दिने सम्पूर्ण आवेदनकर्तालाई न्यूनतम १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था लागू गरी धितोपत्र बाँडफाँड प्रणाली समावेशी बनाएको ।

ड्ड धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ मा संशोधन गरी बोर्डले मर्चेन्ट बैंकरको वित्तीय अवस्था सुदृढ बनाउन चुक्ता पुँजीमा तीन गुणाभन्दा बढीले वृद्धि गर्नुका साथै सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन जस्ता विषयमा परामर्शदाताको रूपमा कार्य गर्न सक्ने गरी मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तार गरेको ।

ड्ड धितोपत्र दलालले चुक्ता पूँजी बृद्धि गरी रु.२० लाखबाट रु.२ करोड पु¥याउनुपर्ने, शाखा कार्यालयको लागि बोर्डबाट स्वीकृति लिनुपर्ने, दक्ष जनशक्ति, आवश्यक पूर्वाधार विकास गर्नुपर्ने लगायतका व्यवस्था थप गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा आवश्यक संशोधन गरेको ।

ड्ड बोर्डले पहिलोपटक आ.व. २०७४।७५ को धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक रुपमा घोषणा गरी प्रकाशन गर्न शुरुवात गरेको ।

ड्ड बोर्डले बोर्ड सदस्यहरुका लागि आचार संहिता लागू गरेको र सूचना तथा जानकारी प्रवाह, सञ्चालकको आचरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी व्यवस्थाहरु समावेश गरी मिति २०७५ साउन १ मा लागू हुने गरी “सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४” जारी गरेको ।

ड्ड सर्वसाधारणमा पूँजी बजार सम्बन्धी प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रमलाई व्यापक गरी उच्च तथा जिल्ला  अदालतका न्यायधीशज्यूहरु तथा वरिष्ट कानून व्यवसायीहरुको सहभागितामा धितोपत्र बजार नियमन तथा कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको । साथै, 

ड्ड बोर्डले धितोपत्र व्यवसायी सुपरिवेक्षण दिग्दर्शन, २०७४ लागू, मार्जिन कारोबार सम्बन्धी नीतिगत व्यवस्था, ग्राहक पहिचान विवरण  विस्तृत रुपमा परिमार्जन गरिएको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ जारी, इन्टरनेटमार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्था गरी बोर्डले आव २०७४।७५ को धितोपत्र बजारसम्बन्धी अधिकांश नीति तथा कार्यक्रमको कार्यान्वयन कार्य सम्पन्न गरेको ।


चालु आवको नीति तथा कार्यक्रम अन्तर्गत कार्यान्वयनका क्रममा रहेका केही कार्यक्रमहरु 

ड्ड साना लगानीकर्ताहरुसँग रहेको निश्चित संख्यासम्मको अभौतिकृत हुन बाँकी धितोपत्रलाई बिक्रीको अवसर दिई त्यस्ता धितोपत्रको तरलता अभिबृद्धि गर्न भौतिक धितोपत्र कारोवार गर्ने छुट्टै प्लेटफर्मको विकास गर्ने कार्य अगाडि बढाउने सम्बन्धमा अध्ययन कार्य भैरहेको । 

ड्ड देश संघीयतामा गैसकेको परिपे्रक्ष्यमा बोर्डको शाखा कार्यालय पनि विस्तार गर्दै जानुपर्ने देखिएकोले प्रदेश नम्बर ३ बाहेक अन्य प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी कम्तिमा एक कार्यालय स्थापना गर्ने सम्बन्धमा आवश्यक व्यवस्थापकीय कार्य अगाडि बढिरहेको । 

ड्ड धितोपत्र व्यवसायीहरुको आन्तरिक तथ्याकं व्यवस्थापनलाई प्रभावकारी बनाउन तथ्याकं व्यवस्थापन प्रणाली खरिद गर्ने तथा धितोपत्र कारोवार सुपरिवेक्षण प्रणालीको लागि अध्ययन कार्य अगाडि बढाउने कार्य भैरहेको । 

ड्ड municipal bond निष्काशनसम्बन्धी आवश्यक व्यवस्था तथा ऋणपत्र र अग्राधिकार शेयर बजार विकासको लागि अवलम्वन गरिनुपर्ने प्रोत्साहनमूलक नीतिका सम्बन्धमा अध्ययन कार्य भैरहेको ।

ड्ड बोर्डको लेखा प्रणालीलाई अन्तराष्ट्रिय स्तरको बनाउन NFRS लागू गर्न प्रथम चरणमा Accounting mannual तयार गर्ने तथा बोर्डको दायित्व निर्धारण सम्बन्धमा acturial valuation गर्ने कार्य बाँकी रहेको । 


भाग दुई

आव २०७५।०७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम ः 


हालै सम्पन्न तीन तहको चुनाव पश्चात् मुलुक राजनैतिक स्थिायित्वबाट अब आर्थिक विकास ÷ समृद्धितर्फ लम्कीरहेको छ । आर्थिक विकासका लागि अथाह पँुजीको आवश्यकता पर्दछ । यस्तो पँुजी परिचालनका लागि पँुजी बजारलाई सक्रिय बनाई मूलुकको आर्थिक विकासमा योगदान पु¥याउन बोर्ड प्रतिबद्ध छ । यसै परिप्रेक्ष्यमा बोर्डले आगामि आवको धितोपत्र तथा बस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरेको छ ।



आ.व. २०७५।७६ को धितोपत्र तथा वस्तु विनिमय सम्बन्धी नीति तथा कार्यक्रमले नेपालको धितोपत्र र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई देहायका लक्ष्यहरु तोकेको छ ः

ड्ड धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, 

ड्ड बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने, 

ड्ड बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार तथा विकास गर्ने तथा एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा संचालन गर्ने, 

ड्ड बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने, 

ड्ड बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि गर्ने, 

ड्ड बजार विकास तथा विस्तारका लागि आवश्यक अध्ययन÷अनुसन्धान गर्ने, 

ड्ड बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रादेशिक पूँजी बजार प्रर्दशनी लगायत विभिन्न प्रशिक्षणमूलक, छलफल÷अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।


आव २०७५।७६ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा देहायका आधारहरु लिइएको छ ः

 

बोर्डले नेपाल सरकारले आव २०७५।०७६ का लागि जारी गरेको पँुजी बजारसम्बन्धी नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएको पँुजी बजारसम्बन्धी कार्यक्रमहरु, नेपाल सरकारको १४ औं योजनामा समावेश आव २०७५।०७६ मा सम्पन्न हुनुपर्ने पँुजी बजारसम्बन्धी नीति तथा कार्यक्रम, पाँच वर्षीय वित्तीय क्षेत्र विकास रणनीतिमा समावेश आव २०७५।०७६ मा सम्पन्न हुनुपर्ने कार्यक्रमहरु, आव २०७४।०७५ मा संसदबाट पारित भएको वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ र वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ बमोजिम बोर्डलाई थपहुन गएको नियमन जिम्मेवारी, विगतको नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था, पहिलो पुँजी बजार प्रदर्शनी र देशव्यापीरुपमा संचालन गरेको लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिबृद्धि कार्यक्रम, देशको वर्तमान प्रादेशिक संरचना, बोर्डको आव २०७५।७६ को नीति तथा कार्यक्रमका सम्बन्धमा पूँजी बजार विज्ञ तथा सरोकारवालापक्षहरुसंग भएको छलफल÷अन्र्तक्रियामा प्राप्त बजार सुधार तथा विकाससम्बन्धी राय सुझाव र वजार नियमनसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तहरु समेतलाई मध्यनजर गरी आव २०७५।७६ को नीति तथा कार्यक्रम तर्जुमा गरेको छ ।



आव २०७५।०७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम 


क) विकासात्मक कार्यक्रमहरु


अ) कानूनी संरचनाको विकास तथा सुदृढीकरण 


धितोपत्र बजारको नियमन व्यवस्थालाई थप प्रभावकारी बनाउन धितोपत्र सम्बन्धी नयाँ ऐन तथा ट्रष्ट ऐन तर्जुमा गरी विधायन प्रक्रियाका लागि पेश गर्ने; स्वदेशी तथा गैरआवासीय नेपाली लगायत वैदेशिक पूँजी समेत परिचालन हुनसक्ने गरी वैकल्पिक लगानी कोष नियमावली बनाई लागू गर्ने; भित्री सूचनाका आधारमा हुने कारोवारलाई निरुत्साहित गरी धितोपत्रको दोस्रो बजार कारोवारलाई विश्वसनीय बनाउन भित्री कारोवार बन्देज नियमावली बनाई लागू गर्ने; सूचिकृत कम्पनी तथा धितोपत्र व्यवसायीहरु एक आपसमा गाभ्ने तथा गाभिनेसम्बन्धी नियमावली तर्जुमा गर्ने; धितोपत्रमा लगानी गर्ने विभिन्न लगानी कम्पनीहरुलाई नियमनको दायरामा ल्याउन आवश्यक व्यवस्था गर्ने; सम्पत्ति शुद्धिकरण सुपरिवेक्षण म्यानुअल बनाई लागू गर्ने र वस्तु विनिमय बजारसम्बन्धी आवश्यक नियम तथा निर्देशिकाहरु तर्जुमा गरी कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने ।


आ) बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि

बोर्डको accounting manual तयार  गर्ने र लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन NFRS लागू गर्ने  तथा बोर्डको सम्पतिको मूल्यांकनमा Fair Valuation  र दायित्व निर्धारण सम्बन्धमा actuarial valuation को व्यवस्था गर्ने ; बोर्डको आम्दानीको भित्री प्रवाह यर्थार्थ जानकारी (revenue inflow tracking) कार्यलाई सहज गर्न budget, payroll, finance, accounting, store आदिको interfacing गराउन integrated accounting and revenue software ब्अअयगलतष्लन बलम च्भखभलगभ क्यातधबचभ विकास गर्ने ; वस्तु विनिमय बजारको नियमनको जिम्मेवारीसहित बोर्डको बढ्दो जिम्मेवारीलाई दृष्टिगत गरी बजारको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउनका लागि O & M survey गरी नयाँ संगठन संरचना बनाई सोही अनुसारको जनशक्ति व्यवस्था गर्ने ; बोर्डको सूचना प्रबिधि नीति, २०७५ तर्जुमा गरी कार्यान्वयन गर्ने ; बोर्ड तथा बजार सहभागीहरुको सूचना प्रविधि क्षमता अभिबृद्धि गर्ने;  देश संघीय संरचनामा गई सकेको तथा धितोपत्र बजार हाल देशव्यापी भइरहेको सन्दर्भमा बोर्डको साधन स्रोतको आधारमा प्रदेश नं.३ बाहेक अन्य प्रदेशहरुमा क्रमशः बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्दै जाने नीति लिने ; बोर्डले नेपाल राष्ट्र बैंक, बीमा समिति, अर्थ मन्त्रालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था तथा पूँजी बजार विज्ञसमेतको प्रतिनिधित्व रहने गरी पँुजी बजार सुधार तथा विकास सल्लाहकार समिति गठन गर्ने ; बोर्डको अनुमति तथा स्वीकृतिका क्रममा रहेका फाइलहरु तथा अन्य कागजातहरुको स्थितिको सहज पहिचान तथा पहुंचका लागि उपयुक्त file tracking system  वनाई लागू गर्ने र बोर्डको आफ्नै कार्यालय भवन बनाउन आवश्यक कार्य अगाडि बढाउने जस्ता कार्यहरु गरी बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने ।



इ) बजार पूर्वाधारहरुमा सुधार तथा विकास 

     एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा संचालन गरी नेपालभरी धितोपत्र बजारमा व्यापक जनसहभागीता बढाउने ; क्रेडिटी रेटिङ्ग सेवालाई थप स्तरीय एवं विश्वसनीय बनाई बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने ऋणीहरु तथा स्थानीय स्तरबाट निष्काशन हुने नगरपालिका तथा सहरी विकास ऋणपत्रहरुको समेत शाख मूल्यांकनको लागि आवश्यक समन्वय एवं सहजीकरणको व्यवस्था गर्ने ; धितोपत्रको दोस्रो बजार कारोवार सुविधा देशव्यापीरुपमा विस्तार गर्न धितोपत्र बजारमा अन्तर्राष्ट्रिय स्तरको कारोवार प्रणाली भित्र्याउन, ऋणपत्र बजारलाई प्रभावकारीरुपमा विकास गर्न तथा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवं गुणात्मकरुपमा अगाडि बढाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्स्चेन्जलाई अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाउने ; नेपाल सरकारले वास्तविक क्षेत्रका कम्पनीहरुलाई पब्लिक कम्पनी भई सर्वसाधारणमा सेयर जारी गर्न बाध्यात्मक तथा कर छुटको प्रोत्साहनमूलक व्यवस्था गरेको र बोर्डले हालै लागू गरेको धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको व्यवस्था अनुसार प्रिमियममा धितोपत्र निष्काशन गर्नसक्ने व्यवस्थासमेत भएकोले आव २०७५।७६ लाई वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजार प्रवेश गराउने विशेष वर्षको रुपमा लिई कम्पनी ऐन तथा औद्योगिक नीतिमा सम्बन्धित व्यवस्था समावेश गराउन नेपाल सरकार, अर्थ मन्त्रालय तथा कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय तथा सहकार्य गर्ने ; धितोपत्र बजारमा खुलामुखी सामूहिक लगानी योजना प्रवेश गराउने र साथै यसको प्रबद्र्धनमा सहायक कम्पनीमार्फत् बीमा कम्पनीहरुसमेत सहभागी हुनसक्ने व्यवस्था गर्ने ; अन्तर्राष्ट्रिय अभ्यास तथा धितोपत्र सम्बन्धी ऐन नियम अनुसार हुने गरी नेप्से तथा सिडिएससिको पुर्नसंरचना गर्न सहजीकरण गर्ने, धितोपत्र दलाल व्यवसायीमार्फत् ग्राहकको खरिद बिक्री आदेश स्वचालितरुपमा दिने प्रणालीलाई नेप्सेको नयां कारोवार प्रणालीसंग आबद्धगरी धितोपत्रको दोस्रो बजार सेवालाई स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउदै लैजाने ; धितोपत्रको दोस्रो बजारको पहुंच विस्तार गरी धितोपत्र बजारमार्फत् स्थानीयस्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकालीन पूँजी परिचालनको मूल प्रवाहमा ल्याउन आर्थिकरुपमा सम्भाव्य स्थानहरुमा धितोपत्र दलाल व्यवसायी सेवा संचालन अनुमति दिने ; बोनश शेयर तथा हकप्रद सेयरको घोषणा तथा सो सम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउन र हकप्रद सेयरको हकको निस्सा बोलककबोल  प्रक्रियामा व्यापक सहभागीता बढाउन आवश्यक व्यवस्था गर्ने ; धितोपत्रको दोस्रो बजारमा हुने कारोवारको भुक्तानी सुनिश्चितताका लागि आवश्यक settlement guarantee fund स्थापना गराउन auction market संचालन गराउन आवश्यक सहजीकरण गर्ने; हकप्रद शेयरमा खरिदका लागि विद्यमान शेयरधनीहरुलाई प्राप्त हुने हकको खरिद बिक्रीको व्यवस्था गरी equity derivatives market को शुरुवात गर्ने ; वस्तु विनिमय बजार तथा वस्तु कारोबार व्यवसायी सेवा संचालन अनुमति दिने र ओटिसी कारोवारलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्ने जस्ता कार्यहरु गरी बजार पूर्वाधारहरुको सुधार तथा विकास गर्ने ।


ई) बजार सुपरिवेक्षण व्यवस्थामा सुधार

    धितोपत्र व्यवसायीहरुका लागि जोखिममा आधारित सुपरिवेक्षणको model विकास गरी सोही अनुसार धितोपत्र व्यवसायीहरुको सुपरिवेक्षण कार्य गर्ने ; नेप्से तथा सिडिएससीको प्रणाली संपरीक्षण     (system audit) गर्ने व्यवस्था शुरु भइसकेकोले यसलाई थपस्तरीय बनाउंदै सूचना प्रविधिको बढी प्रयोग हुने अन्य सेवा प्रदायकको प्रणालीको समेत संपरीक्षण गराउने व्यवस्था गर्ने ; स्टक एक्सचेञ्ज तथा सिडिएससीले गर्ने धितोपत्र बजार सहभागीहरुको सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने ; धितोपत्र वजार तथा वस्तु विनिमय वजारका विद्यमान तथा संभाव्य लगानीकर्ताहरुलाई वजारसम्बन्धी तथ्यपूर्ण एवं विश्वसनीय सूचना एवं जानकारी उपलब्ध गराउन सूचना प्रवाह (information disclosure ) सम्बन्धमा अध्ययन गरी सूचना प्रवाह व्यवस्थामा सुधार गर्ने ; बोर्डको आव २०७४।७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं.(PAN) लाई आव २०७५।७६ देखि अनिवार्य गर्नको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने भनिएबमोजिम दोस्रो बजारमा सेयर खरिद बिक्रीका लागि स्थायी लेखा नम्बर (PAN) लिन प्रोत्साहित गर्ने ;  कानूनी व्यवस्थाहरुको परिपालना नगर्ने बजार सहभागीहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउने ; वस्तु विनिमय बजार संचालन तथा वस्तु कारोबार व्यवसायी सम्बन्धी आवश्यक निर्देशिकाहरु तर्जुमा गरी कार्यान्वयन गर्ने ; वस्तु विनिमय बजार तथा व्यवसायी सुपरिवेक्षण दिग्दर्शन तर्जुमा गरी लागू गर्ने र धितोपत्र व्यवसायीको नियम परिपालना प्रतिवेदनको ढाँचा विकास गरी कार्यान्वयन गर्ने जस्ता कार्यहरु गरी बजार व्यवस्थामा सुधार गर्ने ।



उ) वजार सहभागीहरुको व्यवसायीकता तथा स्तर अभिबृद्धि

   धितोपत्र बजार गतिविधि तथा बजार नियमनसम्बन्धी गुनासाहरुका सम्बन्धमा बजार सहभागीहरुको समेतको सहभागीतामा प्रत्येक तीन महिनामा लगानीकर्ताहरुसंग अन्र्तक्रिया कार्यक्रम संचालन गर्ने ; स्टक एक्सचेञ्ज तथा अन्य बजार सहभागीहरुका कामकारवाही तथा गतिविधिहरुलाई क्रमशः म्ष्नष्तबष्किभम बनाउदै लैजान आवश्यक व्यवस्था गर्ने ; दलाल व्यवसायीहरुलाई पूँजीको व्यवस्था गर्न लगाई नेप्से तथा धितोपत्र दलाल व्यवसायीमार्फत् मार्जिन कारोवारलाई प्रभावकारी बनाउने ; धितोपत्र व्यवसायीहरुको स्तर अभिबृद्धि गर्नका लागि पँुजी आधार, व्यवसायिकता, ऐन नियमको परिपालना तथा प्रतिस्पर्धी सेवा लगायत अन्य उपयुक्त परिसूचक तयार गरी सोको आधारमा धितोपत्र व्यवसायीहरुको वर्गीकरण कार्य गर्ने÷गराउने ; पँुजी बजारको गतिशील विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ता तथा बजार निर्माताको रुपमा पँुजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने ;  मर्चेण्ट बैंकिङ्ग व्यवसायमा पारदर्शिता तथा जनसहभागिता समेत बढाउने उद्देश्यले मर्चेण्ट बैंकिङ्ग व्यवसायी (मर्चेण्ट बैंकर) हरुका लागि १५ प्रतिशतमात्र सार्वजनिक निष्काशन गरी पब्लिकमा जानसक्ने व्यवस्था गर्ने ; नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालयको सहकार्यमा बोर्ड तथा कम्पनी रजिष्ट्रार कार्यालय तथा अन्य सम्बन्धित निकायका पदाधिकारीहरु र एक अर्ब वा सो भन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुका प्रमुखहरु तथा विज्ञहरुलाई सम्लग्न गराई पब्लिक कम्पनी तथा धितोपत्र बजारमार्फत् पँुजी परिचालन सम्बन्धमा अन्तक्रिया कार्यक्रम आयोजना गर्ने ; धितोपत्र व्यवसायीहरुले कर्मचारी नियमावली र आचार संहिता बनाई लागू गर्नुपर्ने व्यवस्था गर्ने र बोर्डले सोको परिपालनाको अनुगमन समेत गर्ने र सस्थागत विकास–विस्तारका लागि जनशक्ति तथा सामाजिक उत्तरदायित्वको महत्वलाई दृष्टिगत गरी स्टक एक्सचेञ्ज, केन्द्रीय निक्षेप सेवा तथा धितोपत्र व्यवसायीहरुले आफ्नो वार्षिक आम्दानीको एक निश्चित प्रतिशत रकम कर्मचारीको बृत्ति विकास तथा संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था गरी बजार सहभागीहरुको व्यवसायिकता एवं स्तर अभिबृद्धि गर्ने ।


ऊ) अध्ययन ÷अनुसन्धान 

    देश संघीयतामा गई ७५३ स्थानीय निकाय गठन भईसकेको र ती निकायहरुका लागि ठूलो पूँजी आवश्यक हुनेहुंदा  आवश्यक पूँजी उपलब्धताका लागि सम्बन्धित नगर विकास कोषहरुसंग समन्वय गरी नगरपालिका ऋणपत्र निष्काशन सम्बन्धमा अध्ययन गरी निष्काशन व्यवस्था गर्ने ; equity derivatives market को प्रवद्र्धन गर्न साधारण शेयर परिसूचक औजार (equity index instrument) को कारोवारको संभावना सम्बन्धमा अध्ययन गर्ने ÷गराउने ; संस्थागत लगानीकर्ताकोे पूँजी बजारमा प्रवेश बढाउन हुनुपर्ने आवश्यक व्यवस्था पहिचानका लागि अध्ययन गर्ने ; धितोपत्र बजारमा कारोबार हुने सूचीकृत कम्पनी, कारोबार रकम, कारोबार हुने धितोपत्र आदि सम्बन्धमा real time surveillance  गर्न धितोपत्र बोर्डमा automated market surveillance system   को स्थापना गर्ने सम्बन्धमा अध्ययन गर्ने ÷गराउने ; नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावलीमा भएको व्यवस्था अनुरुप बोर्डको कर्मचारीको उचित व्यवस्थापन गर्न उपर्युक्त स्वेच्छिक अवकाश योजना सम्बन्धमा अध्ययन गर्ने ; प्राथमिक निष्काशनमा मागका आधारमा मूल्य निर्धारण हुने व्यवस्था (ँfree pricing system) का लागि आवश्यक book building system लागू गर्ने सम्बन्धमा अध्ययन गर्ने ; धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विवादहरुको समाधान गर्ने उपयुक्त संयन्त्रका लागि securities and future dispute resolution tribunal  को व्यवस्था गर्ने सम्बन्धमा अध्ययन गर्ने ÷गराउने ; धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी अध्ययन÷अनुसन्धान कार्यलाई सहजीकरण तथा प्रोत्साहित गर्न बजारसम्बन्धी पुस्तक, तथ्यांक तथा जानकारी उपलब्ध हुनेगरी बोर्डको पुस्तकालयलाई सुदृढ तथा व्यवस्थित गर्ने ; धितोपत्र बजारसम्बन्धी अनुसन्धानमूलक कार्य एवं मौलिक रचनालाई प्रोत्साहन गर्न अनुसन्धानमुलक तथा मौलिक लेखहरु समावेश गरी क्भ्द्यइल् व्यगचलब ितथा वार्षिक पूँजी बजार लेख विशेषाङ्क प्रकाशन गर्ने र अर्थतन्त्र, धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी प्रादेशिक प्रोफाइल तयार गर्ने जस्ता कार्यहरु गरी अध्ययन÷अनुसन्धानमा आधारित बजार सुधार तथा विकास कार्य अगाडि बढाउने ।



 ए) प्रशिक्षण तथा जनचेतना अभिवृद्धि

    धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी विभिन्न शैक्षिक तालिम संचालन तथा अध्ययन अनुसन्धान गरी नीति निर्माणमा सहयोग गर्न धितोपत्र तथा फ्यूचर्स बजार प्रशिक्षण संस्था (securities and future market institute) स्थापना सम्बन्धमा अध्ययन गरी स्थापना गर्ने कार्य अगाडि बढाउने ; प्रदेशहरुमा आर्थिक पत्रकारहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै जाने ; देशव्यापीरुपमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी प्रशिक्षण तथा जनचेतना अभिबृद्धि गर्न स्थानीय स्तरका योग्य इच्छुक व्यवसायिक जनशक्तिलाई प्रशिक्षक प्रशिक्षण (training to trainers) ) का लागि आह्वान गरी संभाव्य विज्ञहरुको सूची बनाई उनीहरुमार्फत् प्रदेश तथा जिल्लामा बजारसम्वन्धी प्रशिक्षण तथा जनचेतना अभिबृद्धि कार्यक्रम संचालनको शुरुवात गर्ने ; धितोपत्र बजार तथा वस्तु विनिमय बजारका विद्यमान तथा संभाव्य लगानीकर्ताहरुलाई बजारसम्बन्धी तथ्यपूर्ण एवं विश्वसनीय सूचना एवं जानकारी उपलब्ध गराउन सूचना प्रवाह सुदृढ गर्दै जाने ; नयां लगानीकर्ताहरुलाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा धितोपत्र बजारसम्बन्धी निरन्तर प्रशिक्षण तथा जनचेतना अभिबृद्धि र लगानीकर्ताहरुको जिज्ञासाहरु सम्बोधन गर्न स्टक एक्सचेञ्जसंगको सहकार्यमा पाक्षिकरुपमा काठमाडौं उपत्यकाको उपयुक्त स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने ; देशभरी पूँजी बजारसम्बन्धी जनचेतना अभिबृद्धि गर्न पूँजी बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम संचालनको व्यवस्था गर्ने ; धितोपत्र बजार तथा वस्तु विनिमय बजार सुधार तथा विकासका लागि आवश्यक नीति नियममा राय सल्लाह लिन यससँग सम्बद्ध तथा जानकार अर्थशास्त्री तथा वित्तशास्त्री र स्वदेशी एवं विदेशी पूँजी बजार विज्ञहरुलाई संलग्न गराई अन्तरक्रिया÷सेमीनार कार्यक्रम संचालन गर्ने ; पछिल्लो समयमा काठमाडौं उपत्यका बाहिरसमेत पूँजी बजार गतिविधिहरु बढ्दै गएकाले यस सम्बन्धी जानकारी तथा सचेतना अभिबृद्धि गरी यसमा व्यापक जनसहभागिता बढाउन काठमाडौं उपत्यका बाहिर धितोपत्र कारोवार सेवाको उपलब्धतालाई मध्यनजर गरी उपयुक्त कुनै एक प्रदेशमा प्रादेशिक पँुजी बजार प्रर्दशनी २०७६ आयोजना गर्ने र  विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका सम्बन्धित विषयको पाठ्यक्रममा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विषयवस्तुहरु समावेश गराउन आवश्यक समन्वय गर्ने जस्ता विकासात्मक कार्यहरु सम्पन्न गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा व्यापक जनसहभागीता बढाउने ।

ख) नियमित कार्यक्रमहरु

अ) धितोपत्रहरु दर्ता तथा निष्काशन स्वीकृति र व्यवसाय संचालन अनुमति तथा विनियावली स्वीकृति, सार्वजनिक निष्काशनका लागि तयार गरिएको विवरण पुस्तिका स्वीकृत गर्ने र विवरण पुस्तिका प्रकाशन गर्न संगठित संस्थाहरुलाई स्वीकृति प्रदान गर्ने ; धितोपत्र बजार तथा धितोपत्र व्यवसायी सेवा गर्न प्राप्त निवेदनहरुको अध्ययन गरी अनुमतिपत्र÷दर्ता प्रमाणपत्र प्रदान गर्ने तथा नवीकरण गर्ने ; वस्तु विनिमय बजारबाट बोर्डमा प्राप्त हुने contract specification को अध्ययन गरी कारोबारका लागि दर्ता गर्ने ; सामूहिक लगानी कोष दर्ता गर्ने तथा कोष सुपरिवेक्षकको कार्य गर्न चाहनेहरुलाई स्वीकृती प्रदान गर्ने ; धितोपत्र बजार तथा वस्तु विनिमय बजारसबन्धी नयाँ विनियमावली स्वीकृत गर्ने ।


आ) बजार अनुगमन, सुपरिवेक्षण तथा कारवाही

धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा सहभागी कम्तीमा १० प्रतिशत बैंक तथा वित्तीय संस्थाको स्थलगत सुपरिवेक्षण गर्ने ; सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ ले गरेको व्यवस्था बमोजिम लगानीकर्ताहरुको ग्राहक पहिचान ९प्थ्ऋ०  गर्नुपर्ने व्यवस्थाको कार्यान्वयन स्थितिको सुपरिवेक्षण गर्ने ; धितोपत्र खरिद बिक्री सम्बन्धमा लगानीकर्ताहरुको आदेशको कार्यान्वयन, कारोवार राफसाफ तथा फछर्यैट, निक्षेप सदस्यको सेवा प्रवाह तथा ऐन नियमको पालना सम्बन्धमा कम्तीमा २० प्रतिशत धितोपत्र दलाल व्यवसायी तथा निक्षेप सदस्यको स्थलगत निरीक्षण गर्ने ; धितोपत्रको निष्काशन, बाँडफाँड, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी काम कारवाहीहरुको सम्बन्धमा कम्तीमा ५० प्रतिशत मर्चेन्ट बैंकरहरुको स्थलगत निरीक्षण गर्ने ; सामूहिक लगानी कोषको लगानी व्यवस्थापन तथा अन्य काम कारवाही सम्बन्धमा कम्तीमा ५० प्रतिशत योजना व्यवस्थापक तथा डिपोजिटरीहरुको काम कारवाहीहरुको स्थलगत÷गैर स्थलगत निरीक्षण गर्ने ; सूचीकृत संगठित संस्थाहरु, नेपाल स्टक एक्सचेन्ज लि., धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, केन्द्रीय निक्षेप कम्पनी, योजना व्यवस्थापक, निक्षेप सदस्य तथा क्रेडिट रेटिङ्ग एजेन्सीकोे वित्तीय विवरण प्रवाह, वार्षिक साधारण सभा, सूचना प्रवाह तथा अन्य कामकारवाहीको सम्बन्धमा थप परिष्कृत एवं नियमित रुपमा गैह–स्थलगत सुपरिवेक्षण गर्ने व्यवस्था गर्ने ; धितोपत्र बजारमा कारोवार हुने सूचीकृत कम्पनी, कारोवार रकम, कारोवार हुने धितोपत्र आदि सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जमा हुने धितोपत्र कारोवारको real time surviliece गर्ने ; वस्तु विनिमय बजार तथा वस्तु कारोबार व्यवसायीहरुको विवरण प्रवाह तथा अन्य कामकारवाहीको सम्बन्धमा परिष्कृत एवं नियमित रुपमा गैहस्थलगत सुपरिवेक्षण गर्ने व्यवस्था गर्ने तथा आवश्यकतानुसार स्थलगत निरीक्षण गर्ने र धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा आवश्यकता अनुसार अनुसन्धान तथा तहकिकात गर्ने र ऐन नियमको पालना नगर्ने पक्षहरु उपर धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था अनुसार आवश्यक कारवाही अगाडि बढाउने जस्ता नियमित कार्यक्रमहरु सम्पन्न गरी बजार अनुगमन, सुपरिवेक्षण तथा कारवाहीलाई सशक्त बनाउने ।


इ) बजार विकासका लागि सुझाव, नीति तथा कार्यक्रम तयारी तथा प्रगति पुनरावलोकन र गुनासा समाधान

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जूमा र धितोपत्र बजार सुधार तथा विकासका लागि आवश्यकतानुसार नेपाल सरकार समक्ष राय सुझाव प्रस्तुत गर्ने ; बोर्डको वार्षिक कार्यक्रम र वजेट तयार गर्ने तथा सो अनुसार भए गरेका काम कारवाहीहरुको प्रत्येक चौमासिक अवधिमा पुनरावलोकन गर्ने र 

लगानीकर्ताकोे गुनासाहरुको छानविन तथा समाधान सम्बन्धमा आवश्यक कार्य गर्ने÷गराउने ।


ई) लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिबृद्धि र अध्ययनअनुसन्धानमा प्रोत्साहन तथा व्यावसायिकता विकास

धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौं उपत्यका बाहिर कम्तीमा २५ वटा लगानीकर्ता प्रशिक्षण तथा तालिम कार्यक्रम संचालन गर्ने ; पूँजी बजारसम्बन्धी अद्यावधिक जानकारी तथा सूचना प्रवाह गर्न बोर्डको वार्षिक प्रतिवेदन, बजारसम्बन्धी संक्षिप्त लेख सहितको नेपाल धितोपत्र बोर्ड समाचार द्विमासिक quarterly securities market indicators ,, नेपाल धितोपत्र बोर्ड एक परिचय तथा बजारसम्बन्धी वारम्वार शोधिने प्रश्नहरु आदि प्रकाशन गर्ने; विभिन्न संचार माध्यमबाट बजारसम्बन्धी चेतनामूलक सन्देशहरु प्रवाह गर्ने; धितोपत्रसम्बन्धी केन्द्रीय तथ्याङ्क व्यवस्थापन प्रणालीलाई परिष्कृत गरी नियमितरुपमा अद्यावधिक गर्ने; बोर्डको वेवसाइटलाई बढी सूचनामूलक तथा स्तरीय बनाई प्रयोगकर्ता मैत्री बनाउने ; बोर्डको वार्षिकोत्सवको उपलक्ष्यमा उत्कृष्ट आर्थिक प्रत्रकार छनौट गरी पूँजी बजार प्रत्रकारिता पुरस्कार प्रदान गर्ने, धितोपत्र बजार तथा कमोडिटी फ्यूचर्स बजारसम्बन्धमा एमफील तथा स्नातकोत्तर तहमा लेखिएका उत्कृष्ट शोधपत्रहरुलाई पुरस्कृत गर्ने र धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी उपयुक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, सेमीनार तथा कार्यशाला गोष्ठीहरुमा बोर्डका पदाधिकारीहरु तथा कर्मचारीहरुलाई सहभागी गराउने जस्ता नियमित कार्यक्रमहरु रहेका छन् ।


Share your thoughts!

Loading...

Trending